शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा ९३७ जना संक्रमित थपिए

प्रदेश १ मा सोमबार ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। दैनिक संक्रमण संख्या अहिलेसम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

विराटनगर- प्रदेश १ मा सोमबार ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। दैनिक संक्रमण संख्या अहिलेसम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो। 

triton college

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह्रथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ। 

मोरङको विराटनगरमा १२४ महिला र १७७ पुरुषसहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना छन्।

यस्तै झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमलगाउँपालिकामा ७, बाह्रदशीमा ४, स्थानीय तह नखुलेका ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१ जनामा पुष्टि भएको छ।

सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

corrent noodles
Metro Mart

त्यसैगरी उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३, चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीयतहनखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ। संक्रमित भएका मध्ये ३० हजार ३०२  संक्रमणमुक्त भएका छन्। आज ७० जना संक्रमण मुक्त भएका छन्।

सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ। प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: May 10, 2021| 14:26 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।