काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइमा एकजुट भएर लाग्न सबैमा आग्रह गरेका छन्।
प्रतिनिधिसभामा विश्वासको मत लिने बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘देश कोभिड महामारीको दोस्रो चरणमा छ। भयावह स्थिति छ,’ उनले भने,‘यो अवस्थामा सबैले हातेमालो गरेर कोरोना भाइरसविरुद्ध लड्न जरुरी छ। सबै पक्ष एकजुट भएर लडाइमा सामेल हुन म आग्रह गर्न चाहन्छु।’ अहिलेको परिस्थितिमा सरकारले गम्भीर रुपले ध्यान दिएर लागे पनि सरकारले अनेक अप्ठ्यारा सामना गर्नु परिरहेको छ।
‘हामी कोभिडविरुद्धको लडाइँमा छौं। तर, प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएको छ,’उनले भने,‘नभएका कनेक्सनलाई अनुचित हिसाबले देखाउने प्रयास भए।’