शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई भोलि ९ बजेसम्मको अन्तिम समय, नत्र आवश्यक निर्णय लिने नेपाल पक्षको निष्कर्ष

ओलीलाई भोलि ९ बजेसम्मको अन्तिम समय, नत्र आवश्यक निर्णय लिने नेपाल पक्षको निष्कर्ष

नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ पक्षले पार्टी एकतालाई जोगाउन हरसम्भव प्रयास गर्ने भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि सोमबार बिहानसम्मको अन्तिम समय निर्धारण गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ पक्षले पार्टी एकतालाई जोगाउन हरसम्भव प्रयास गर्ने भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि सोमबार बिहानसम्मको अन्तिम समय निर्धारण गरेको छ।

triton college

सिंहदरबारमा बसेको यो समूहका सांसदहरुको बैठकले यस्तो निष्कर्ष निकाल्दै अध्यक्ष ओलीको प्रतिबद्धताका लागि भोलि बिहान ९ बजेसम्मको समय तोकेको हो।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले पार्टी एकताका लागि अन्तिम प्रयत्न आवश्यक रहेको निष्कर्ष निकाल्दै अहिलेदेखि भोलि बिहानसम्म वार्ताका लागि तयार रहेको बताए।

‘वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव लैजाँदै हुनुहुन्छ। बैठकले एकतालाई जोगाउन रक्षा गर्नका लागि मुख्य दायित्व अध्यक्ष ओलीको नै रहेको निष्कर्ष निकालेको छ,’ उनले भने, ‘अध्यक्षले दायित्व र जिम्मेवारीलाई गम्भीरतापूर्वक पुरा गर्नुभएको छैन। आजको वक्तव्यमा पनि उहाँले एउटा पक्षलाई लक्षित गर्नुभएको छ। एकताको पक्षमा गम्भीरताका साथ अगाडि बढ्न ध्यानाकर्षण गराएका छौँ।’

उनले अध्यक्ष ओलीलाई भोलि बिहान ९ बजेसम्मको समय दिइएको भन्दै त्योबीचमा उचित प्रतिबद्धता नआए आफूहरुले आवश्यक निर्णय लिने बताए। 

corrent noodles
Metro Mart

‘अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ मा लैजाने र आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने उहाँले त्यो प्रतिबद्धता गर्नुभयो भने प्रतिनिधिसभामा सहभागी भएर विश्वासको पक्षमा मत दिन्छौं,’ उनले भने, ‘नत्र के गर्नुपर्ने हो भोलि नै हामी निर्णय लिन्छौं।’

उनले ९ बजेसम्म पार्टी अध्यक्षलाई समय दिइएको र त्यसपछि साढे ९ बजे सांसदहरुको छलफलले निर्णय लिने बताए। 
फागुन २३ मा सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले २०७५ जेठ २ मा फर्किएकाले त्यसैअनुसार पार्टीको संगठन, नेतृत्व, विचार र संरचनालाई एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने आफूहरुको निष्कर्ष रहेको उनले बताए। 

यसअघि हिजो बसेको सांसदहरुको बैठकले आज राजीनामा दिने निष्कर्ष निकालेको थियो। दिउँसो बसेको स्थायी कमिटीको बैठकले पनि कुनै चामत्कारिक सहमति नभए आफूहरुले राजीनामा नै दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई माधव नेपाल पक्षले दिएको समय सीमाभित्र केही निर्णय लेलान् अथवा माधव पक्षले राजीनामा वा बैठकमा अनुपस्थित होलान् त्यो सोमबार नै तय हुने देखिएको छ।

प्रकाशित: May 09, 2021| 14:42 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।