बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देउवासँग जसपाको प्रस्ताव– वैकल्पिक सरकार बनाउन सकिँदैन, चुनावमा जाऔं

देउवासँग जसपाको प्रस्ताव– वैकल्पिक सरकार बनाउन सकिँदैन, चुनावमा जाऔं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी ओलीबारे आफ्नो पार्टी तटस्थ बस्ने प्रस्ताव राखेकाे छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओलीबारे आफ्नो पार्टी तटस्थ बस्ने प्रस्ताव जनता समाजवादी पार्टी (जसपा) ले राखेकाे छ।

triton college

भोलि सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा पार्टी तटस्थ बस्ने र त्यसो हुँदा मुलुक निर्वाचनमा जाने जसपाको भनाइ थियो। ‘वैकल्पिक सरकारको सम्भावना अहिले छैन, त्यसैले चुनावमा छिटोभन्दा छिटो जाऔं,’ जसपाका नेताहरूले देउवालाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो। ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए। उनीहरू प्रधानमन्त्री अ‍ोलीले भोलि सदनमा लिने भनेको विश्वासको मतमा समर्थन जुटाउन देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। 

देउवासँग उनीहरूले करिब डेढ घन्टा छलफल गरेका थिए। प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा अध्यक्ष ठाकुर र महतो  छन्। जसपाकै बाबुराम भट्टराई र उपेन्द्र  यादव ओलीलाई विश्वासको मत दिन नहुनेमा छन्।

प्रकाशित: May 09, 2021| 06:09 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।