बुधबार, वैशाख २६, २०८१

मोरङ जिल्लाभर निषेध आदेश

कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासनले वैशाख २४ गते रातिदेखि जेठ १ गतेसम्म जिल्लाभर निषेध आदेश लगाउने निर्णय  गरेको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

विराटनगर– कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासनले वैशाख २४ गते रातिदेखि जेठ १ गतेसम्म जिल्लाभर निषेध आदेश लगाउने निर्णय  गरेको छ।  डिसीसीएमसीको बिहीबार बसेको बैठकले जिल्लाभर निषेध आदेश लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी  कोशहरि निरौलाले बताए।

triton college

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेध आदेश जारी भएको हो। डीसीसीएमसीको बैठकले अस्पताल तथा आइसोलेसन सेन्टरमा डाक्टर, नर्स र अहेबसहितको टिम तथा एन्टिजेन र अक्सिजनको व्यवस्था मिलाउने निर्णय गरेको छ।

कोभिड–१९ महामारीको रोकथाम तथा न्यूनीकरणका लागि व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्वयंसेवक परिचालन गर्ने र आ–आफ्नो क्षेत्रभित्र आवश्यकताअनुरुप निःसंक्रमण र निर्मलीकरणको व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

यसअघि वैशाख १८ गते रातिदेखि मोरङका विराटनगर, बुढीगंगा, जहदा र कटहरीका १ देखि ४ नम्वर वडासम्म ७ दिने निषेध आदेश जारी गरिएको थियो। 
 

प्रकाशित: May 06, 2021| 11:52 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।