शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अखबारः बलात्कारको डरलाग्दो तथ्याङ्क, फास्ट ट्रयाकमा ऋण

अखबारः बलात्कारको डरलाग्दो तथ्याङ्क, फास्ट ट्रयाकमा ऋण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई प्राथमिकतामा पारेका छन् । 

कसैले बर्षेनी बलात्कारका घटना बढेको विषयलाई पहिलो खबर बनाएका छन् भने कसैले फास्ट ट्रयाक ऋणमा बनाउन लागेको विषयलाई मुख्य समाचार बनाएका छन् । आरक्षण अब ८ क्लस्टरमा हुने, दलहरुबीच साझा सहमती नहुँदा नेपालको कुटनीति कमजोर बनेको लगायतका विषयलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा छापेका छन् । 

फास्ट ट्रयाकमा ऋण

कान्तिपुर दैनिकमा प्रकाशित यो खबर अनुसार स्वदेशी लगानीमै बनाउने भन्दै सुरु गरिएको तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा सरकारले विश्व बैंकको ऋण प्रयोग गर्ने भएको छ । 

७६.२ किमि लामो फास्ट ट्रयाक बनाउन आन्तरिक स्रोतको अभाव हुनुका साथै आगामी वर्षबाट निर्माणका लागि उल्लेख्यबजेट आवाश्यक पर्ने भएपछि सरकारले  विश्व बैंकको ऋण लिन लागेको हो । आगामी वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ ऋण रकम प्रयोग गरिनेछ ।
 
वर्षेनी बढिरहेछ बलात्कार

अन्नपूर्ण पोस्ट्ले मुख्य समाचारका रुपमा प्रकाशित गरेको यो खबर अनुसार २० वर्षमा झन्डै ६ गुणाले बलात्कारका घटना बढेको पाइएको छ । दुई दशकअघि देशभर करिब २ सय बलात्कारका घटना हुने गरेकोमा पछिल्लो एक वर्षमा मात्रै झन्डै १ हजार २ सय घटना भएका छन् । 

आरक्षण अब ८ क्लस्टरमा

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिदै आएको थियो । 

कान्तिपुरमा प्रकाशित खबर अनुसार अब आरक्षित सिटको ५० प्रतिशत महिलालाई दिइने छ भने विपन्न खस आर्यलाई समेत आरक्षण दिइने गरि प्रस्ताव गरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।