शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा प्रहरीद्वारा २३ हजार ४३७ जनालाई मास्क वितरण, साढे १३ हजार जना होल्ड

२४ घण्टामा प्रहरीद्वारा २३ हजार ४३७ जनालाई मास्क वितरण, साढे १३ हजार जना होल्ड

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा २३ हजार ४३७ जनालाई नि:शुल्क मास्क वितरण गरेको छ।  नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण न्यूनीकरणका लागि विभिन्न जिल्लामा निषेध आदेश जारी गरिएको अवस्थामा प्रहरीले मास्क वितरण अभियानलाई निरन्तरता दिएको हो। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा २३ हजार ४३७ जनालाई नि:शुल्क मास्क वितरण गरेको छ। नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण न्यूनीकरणका लागि विभिन्न जिल्लामा निषेध आदेश जारी गरिएको अवस्थामा प्रहरीले मास्क वितरण अभियानलाई निरन्तरता दिएको हो। 

triton college

स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनका लागि प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै?’ लगायतका कार्यक्रम सञ्चालन गरेको छ। 

२४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार ६ सय २१ जनालाई होल्डिङ जोनमा राखी सम्झाईबुझाई छाडिएको प्रहरीले  जानकारी दिएको छ। तोकिएको मापदण्ड उल्लंघन गर्ने ९ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ। 

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सही र नियमित प्रयोगका लागि सबैमा अनुरोधसमेत गरेको छ। 

प्रकाशित: May 03, 2021| 14:22 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।