शुक्रबार, वैशाख १४, २०८१

खुल्यो सेयर कारोबार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-बन्द रहेको सेयर कारोबार सुचारु भएको छ । सरकारले बोनस र हकप्रद सेयर पुरानै विधिबाट पुँजीगत लाभकर गर्णना गर्ने भएपछि सेयर धनीले गरेको आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगित भएसँगै कारोबार सुचारु भएको हो । 

सरकार र लगानीकर्ताबीच बुधबार भएको वार्तामा तत्काल पुरानै विधिबाट लाभकर गणना गरिने सहमति भएको छ । 

अर्थमन्त्रालयमा लगानीकर्ताहरुसँग भएको छलफलमा राजश्व विभागले गत जेठ १८ गते पठाएको पत्र फिर्ता लिने र लगानीकर्ताले जारी राखेको आन्दोलन स्थगत गर्दै कारोबार सञ्चालन गर्ने सहमति भएको थियो । 

लगानीकर्तासँगको वार्ता मिलेसँगै अर्थमन्त्रालयले लाभकरको विषयमा अध्ययन गर्न गठन भएको समितिले प्रतिवेदन नबुझाएसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने व्यवस्था गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ भने आत्रिक राजश्व विभागले पनि धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङलाई पुरानै विधिबाट लाभकर गणना गर्न भनेको छ । 

विभागले बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । विभागको निर्देशकपछि लगानीकर्ताले सेयर कारकोबार बन्द गरी आन्दोलन थालेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्