शनिबार, वैशाख १५, २०८१

प्रचण्ड र देउवा ब्ल्याक लिस्टमा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले माओवादी सशस्त्र विद्रोहको समयमा मानवअधिकार उल्लंघन गर्नेहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। 

उक्त सूचीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेतासमेत पर्ने भएका छन्। 

सशस्त्र विद्रोहको नेतृत्व प्रचण्डले गरेका थिए भने देउवाले संकटकाल घोषणा गरेर दुई पटक माओवादीविरुद्ध सेना परिचालन गरेका थिए। 

यसअघि मानवअधिकार उल्लंघन गर्नेहरूलाई कारवाही गर्न सरकारलाई आयोगले पटक–पटक निर्देशन दिएको थियो। सरकारले आयोगको निर्देशन अटेर गरेकाले सूची नै सार्वजनिक गर्ने तयारी थालेको हो। 

आयोगका सदस्य सुदीप पाठकका अनुसार संविधानले दिएको व्यवस्थाअनुसार नै उल्लंघनकर्ताको नाम सार्वजनिक गर्न लागिएको हो। त्यसका लागि आवश्यक कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको पाठकले नेपाल समयलाई जानकारी दिए। 

‘आयोगको बैठकबाट सूची स्वीकृत हुनासाथ सार्वजनिक गरिनेछ,’ पाठकले भने। 

विभिन्न घटनाको सुक्ष्म अध्ययन गरेर तत्कालीन विद्रोही र राज्यपक्ष दुवैतर्फको नाम आयोगले सार्वजनिक गर्न लागेको हो। 

नाम सार्वजनिक भए के हुन्छ?

आयोगले धेरै ठाउँमा जेनेभा सन्धिको प्रावधान उल्लंघन भएका घटनाको विवरण तयार पारेको छ। सार्वजनिक हुने सूचीलाई आधार बनाएर युद्ध अपराधको अभियोगमा नेदरल्यान्ड्सको दी हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउने बाटो खुल्नेछ।

मानवअधिकार उल्लंघनका घटनामा संलग्नता आरोपमा कतिपय नेताहरू विभिन्न देशमा जान नपाई विमानस्थलबाटै फर्काइने गरेका छन्। आयोगले तयार पारेको सूचीमा विद्रोहीतर्फबाट नाम परेका तत्कालीन माओवादीका नेता÷कार्यकर्ता छन्, जसको ठूलो हिस्सा नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ। 

अहिले नेकपा नै सत्तामा छ। आयोगले सूची सार्वजनिक गर्दा सरकारलाई थप दबाब पर्ने अनुमान छ।

मानवअधिकार उल्लंघनको मुद्दामा नेपाली सेनाका महासेनानी कुमार लामाले करिब तीन वर्षसम्म बेलायतमा कानूनी लडाईं लड्नुपरेको थियो। तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले महासेनानी लामाजस्तै पक्राउ पर्ने त्रासका कारण दुई वर्षअघि आफ्नो अस्ट्रेलिया भ्रमण रद्द गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।