सोमबार, वैशाख १७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशको असर : दुई दिनमै बिक्यो २० लाख लिटर पेट्रोल, निगम भन्छ– नआत्तिनुस्

निषेध आदेशको असर : दुई दिनमै बिक्यो २० लाख लिटर पेट्रोल, निगम भन्छ– नआत्तिनुस्

सरकारले गत सोमबार नै बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेध आदेश जारी गर्ने निर्णय गरेसँगै अत्तालिएका उपभोक्ताले पम्पबाट पेट्रोल तथा डिजेल भर्न खोज्दा लामो लाइन देखिएको थियो।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा निषेध आदेश लागू हुने घोषणा भएको भोलिपल्ट मंगलबार दिउँसो टेकु पुल नजिकैको कणक ट्रेड सेन्टर पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन थियो। मोटर तथा मोटरसाइकलमा इन्धन भर्नेको लाइन मंगलबारमात्रै होइन, काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्पमा बुधबार पनि कायमै देखिन्थ्यो। बुधबार रातिसम्मै पम्पहरुमा पेट्रोलियम पदार्थ भर्नेको लाइन थियो।

triton college

सरकारले गत सोमबार नै बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेध आदेश जारी गर्ने निर्णय गरेसँगै अत्तालिएका उपभोक्ताले पम्पबाट पेट्रोल तथा डिजेल भर्न खोज्दा लामो लाइन देखिएको थियो। कतिपयले उपत्यका छाड्दा आवश्यक पर्ने इन्धन जोहो गरे भने धेरैले बिहीबारपछि इन्धन भर्न नसकिने आशंकामा जोहो गर्न थाले। सोही कारण उपत्यकामा पेट्रोलियम पदार्थको माग बढ्यो।

काठमाडौं उपत्यकामा इन्धन वितरण गर्दै आएको आयल निगमको थानकोट डिपोका वरिष्ठ सहायक कपिल भट्टका अनुसार सोमबारदेखि बुधबारसम्म तीन दिनमा मात्रै करिब ३० प्रतिशतले पेट्रोलको माग बढेको थियो। ‘अन्तिम तीन दिनमा २६ लाख लिटर पेट्रोल बिक्री भएको छ। यो नर्मल अवस्थाको तुलनामा करिब ३० प्रतिशत बढी हो,’ भट्टले बिहीबार बिहान नेपाल समयसँग भने।

उनका अनुसार मंगलबार र बुधबार थानकोट डिपोबाट मात्रै १०–१० लाख लिटर पेट्रोल बिक्री भयो। सोमबार ६ लाख लिटर बिक्री भएको थियो। आयल निगमका अनुसार सामान्य अवस्थामा थानकोट डिपोको बिक्री दैनिक ६ देखि ८ लाख लिटर हो। 

थानकोट डिपोका अनुसार गत तीन दिनमा डिजेलको माग पनि करिब १० प्रतिशतले बढेको थियो। सोमबारयता बुधबारसम्म ३० लाख लिटर डिजेल बिक्री गरिएको भट्टले बताए। आयल निगमले निषेध आदेश कार्यान्वयन अवधिमा पनि थानकोट डिपोलगायत मुलुकभरिका इन्धन डिपो खुला नै रहने जानकारी गराएको छ। बुधबार साँझ विज्ञप्ति निगमले इन्धन डिपोहरु सुचारु रहने जानकारी गराएको हो।

corrent noodles
Metro Mart

अत्यावश्यक वस्तुको ढुवानीमा कुनै अवरोध नभएका कारण पेट्रोलियम पदार्थको समेत आपूर्तिमा समस्या नहुने निगमले जानकारी दिएको छ। निगमको भण्डारण क्षमताअनुसार भण्डारण रहेको ढुवानीमा समेत समस्या नरहेकाले आपूर्तिमा कुनै समस्या नहुने निगमको भनाइ छ।

८३ अर्बको पेट्रोलिम खपत

चालू आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम (पेट्रोल र डिजेल) मात्रैको आयात ८३ अर्ब रुपैयाँ बराबरको भएको छ। भन्सार विभागका अनुसार ५९ अर्ब ७४ करोड ४२ लाख ७२ हजार रुपैयाँ बराबरको डिजेल र २३ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ।

निगमका अनुसार आयात भएको पूरै परिमाण खपत हुने गरेको छ। बिहीबारदेखि वैशाख महिनाभरिका लागि घोषणा गरिएको निषेध आदेश लम्बिएमा खपत घट्ने निगमको प्रक्षेपण छ। गत वर्ष पनि लकडाउन सुरु हुनुअघि दुई–तीन दिन पेट्रोलियम पदार्थको माग बढेको र त्यसपछि घटेको थियो।

प्रकाशित: Apr 29, 2021| 08:02 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।