शनिबार, वैशाख १५, २०८१

भारतीयको अनावस्यक नेपाल प्रवेशमा रोक

प्रमुख स्थल मार्गका रूपमा रहेको झापा काकडभिट्टा नाकामा भारतीय नागरिकको अनावस्यक नेपाल प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

विराटनगर – कोरोना संक्रमणको दोश्रो लहर तीव्र रुपमा फैलिँदै गएपछि सीमा क्षेत्रबाट भारतीयहरूको अनावस्यक नेपाल प्रवेशमा रोक लगाइएको छ। प्रमुख स्थल मार्गका रूपमा रहेको झापा काकडभिट्टा नाकामा भारतीय नागरिकको अनावस्यक नेपाल प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ। 

triton college

प्रदेश १ माकोरोना संक्रमण तीव्र गतिमा बढेको र सीमा क्षेत्राबाट आवात–जावतमा कुनै कडाई नभएको भन्दै सर्वत्र आलोचना भएपछि मुख्य नाकामा कडाई गरिएको छ। अनावस्यक रुपमा नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई रोक लगाइएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।
उनका अनुसार अतिआवस्यक काम बाहेक नेपाल आउन चाहनेलाई नाकामा रोकिएको छ। 

भारतमा बसेर रोजगारी गर्ने र अध्ययन गर्न गएकाहरूलाई पीसीआर रिपोर्टका आधारमा प्रवेश गर्न दिइएको प्रहरीले बताएको छ। भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि काकडभिट्टा नाकाबाट दैनिक ७ सय बढी नेपाल प्रवेश गर्ने र करिव १ हजार बढी नेपालबाट भारत जाने गरेको प्रहरी प्रवक्ता थापाले बताए। अतिआवस्यक कामका लागि नेपाल प्रवेश गर्न चाहने २६ जना भारतीयलाई पीसीआर रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न दिइएको उनले बताए।

मुख्य नाका बाहेक झापाको नकलबन्दा, तिरिङ, ज्यामिरगढी, महेशपुर, केचना, गौरीगञ्जलगायत सीमा क्षेत्रबाट अवैध धन्दामा संलग्नहरूको आवात–जावत नरोकिएको भन्दै कडाई गर्नुपर्ने स्थानीय वासीले बताएका छन्। 

मोरंग प्रशासनले विभिन्न चोक नाकाहरूमा कडाई गरेपछि विराटनगर रानी नाकाबाट नेपाल प्रवेश गर्नेको संखया बढेको छ। भारतमा कोरोना संक्रमण बढेपछि मुख्यनाका छाडेर चोरबाटो हुँदै नेपाल प्रवेश गर्नेको संख्या बढेको थियो। 

corrent noodles
Metro Mart

प्रशासनले चोरबाटोहरूमा कडाई गरेपछि मुख्य नाका हुँदै प्रवेश गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा बाक्लो गरि सुरक्षाकर्मी खटिएका कारण चोरवाटो हुँदै नेपाल प्रवेश गर्नेहरूलाई कडाई गरिएको शसस्त्र प्रहरी वलका एसपी तीर्थ पौडेलले बताए। उनका अनुसार अवैध कामका संलग्नहरू मात्र चोरबाट प्रयोग गर्ने गरेका हुन्। 

भारतमा अध्ययन र रोजगारीमा गएकाहरू भने मुख्य नाकाबाटै आउने गरेको एसपी पौडेलको भनाई छ। मुख्य नाकालाई छलेर आउनेलाई दशगजा पारी नै रोकिएको उनले बताए। एसपी पौडलले भने,‘चोरबाटो प्रयोग गर्नेको सवारी समेत नियन्त्रणमा लिएका छौं।’

सीमा क्षेत्रमा कडाई गरेपछि रानी नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको छ। अहिले दैनिक डेढ सयको संख्यामा नेपाल प्रवेश गर्ने गरेको सीमामा रहेको हेल्थ डेक्सका डा. कमलकिशोर यादवले बताए। उनले भने, ‘नेपाल प्रवेश गर्नेहरूको ज्वरो र एन्टिजेन परीक्षण गर्दै आएका छौं।’ 

गत चैत १४ गतेदेखि हेल्थ डेक्स सुरु गरे पछि रानी नाकाबाट ४ सय २१ जना नेपाल प्रवेश गरेको डा. यादवले बताए। मुख्य नाकाबाट नेपाल प्रवेश गरेका मध्ये १ जना भारतीयसहित १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। रानी नाकाबाट पहिलो दैनिक १० जना प्रवेश गर्ने गरेको अहिले १ सय हाराहारी पुगेको डा. यादवले बताए।

प्रकाशित: Apr 29, 2021| 03:01 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।