शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्र जरुरी : माओवादी केन्द्र

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्र जरुरी : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। 

triton college

एकीकृतरुपमा कोरोनाविरुद्ध लड्नु जरुरी रहेको भन्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, अग्रमोर्चामा रहेका चिकित्सकलाई विशेष व्यवस्था गर्न आग्रह गर्दै सो पार्टीले निषेधाज्ञाका कारण समस्यामा पर्ने वर्ग तथा समुदायलाई विशेष राहत दिन भनेको छ। 

माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले अक्सिजन, आइसियु, भेन्टिलेटर र आइसोलेसन सेन्टर व्यवस्था गर्न स्वास्थ्य सामग्रीको जोहो गरी नागरिकलाई राहतको प्रबन्ध गर्न अनुरोध गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

यस्तै, माओवादी केन्द्रले अब सबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरेको छ। यस्तै, दलित समुदायको १५ प्रतिशत र युवाको प्रतिनिधित्व २० प्रतिशत बराबर गर्ने भएको छ। हाल उक्त प्रस्ताव स्थायी कमिटीमा पेश गरिएको र त्यसलाई केन्द्रीय समितिमा लगेर पारित गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ। 

प्रकाशित: Apr 27, 2021| 15:22 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।