आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रुकुमपूर्वमा सुक्खा पहिराेले स्काभेटर पुर्दा चालकको मृत्यु

रुकुमपूर्वमा सुक्खा पहिराेले स्काभेटर पुर्दा चालकको मृत्यु

भूमे गाउँपालिका-८, सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुक्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

रुकुमपूर्व - भूमे गाउँपालिका-८, सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुक्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ। 

triton college

पहिरोले पुर्दा भूमे–१, लुकुमका ४२ वर्षीय कर्णवीर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए। पहिरोले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ। 

घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उनले बताए। अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन सुरु गरिएको उनको भनाइ छ। 

शाहका अनुसार पुर्साबाङ–रुकुमकोट–कुचिवाङ–कोर्जा–तमारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी थियो।

उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए।  उनले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि दुर्घटना भएको जानकारी दिए। रासस

corrent noodles
Metro Mart

प्रकाशित: Apr 26, 2021| 06:31 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।