आइतबार, साउन १८, २०८२

अत्यावश्यक कामबाहेक बाँकेभर हिँडडुल गर्न निषेध

जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यक कामबाहेक बाँके जिल्लाभरका स्थानमा हिँडडुल गर्न निषेध गरेको छ।
 |  आइतबार, वैशाख १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

vianetvianet

बाँके- जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यक कामबाहेक जिल्लाभरका स्थानमा हिँडडुल गर्न निषेध गरेको छ। कोरोना भाइरसको संक्रमण पुनः बढेको भन्दै बाँके प्रशासनले सोमबार राती १२ बजेदेखि एक साताका लागि जिल्लाभर हिँडडुल गर्न निषेध गरेको हो।

वैशाख २० गते राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय, हाटबजार संचालन गर्न नपाइने कार्यालयले प्रष्ट पारेको छ। ‍‍

कोरोना संक्रमणको साङ्लो तोड्नका लागि निषेधाज्ञा जारी गरिएको हो। यसअघि नेपालगञ्ज उप-महानगरपालिका क्षेत्रभित्र लागू हुने गरी वैशाख ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो। 

निषेधाज्ञामा सञ्चालन गर्न पाइने सेवा
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाध तथा दुग्ध पदार्थ, औषधि पसल, बैंक एटिएम सेवाजस्ता अत्यावश्यक सेवाका साथै सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कूटनीतिक प्लेटका सवारी साधनहरू, लामो दुरीका सवारी तथा मालबाहक साधन, निर्माण सामग्री दुवानीका साधन अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू र अनुमति (पास) प्राप्त सवारी साधनहरू निषेधाज्ञामा पनि संचालन गर्न पाइने छ।

अत्यावश्यक सेवा संचालन गर्नेले अनिवार्य रूपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेको हुनपर्ने बताइएको छ। 

दैनिक उपभोग्य वस्तु (तरकारी, खाध, दुध, ग्यास)का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने समेत जारी आदेशमा भनिएको छ।

निषेधाज्ञा अवज्ञा गर्नेलाई संकामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अमोजिम कारबाही हुनेसमेत प्रशासनले प्रष्ट पारेको छ।

प्रकाशित: Apr 25, 2021| 10:59 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।