शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारको कुरा उठेपछि पत्रकार विरुद्धै खनिए प्रदेश २ का मन्त्री सोनल

भ्रष्टाचारको कुरा उठेपछि पत्रकार विरुद्धै खनिए प्रदेश २ का मन्त्री सोनल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा भएको खर्चका विषयमा प्रश्च उठेपछि प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल पत्रकार विरुद्धै खनिएका छन् । 

मोदी भ्रमणको एक महिना बित्दापनि खर्च विवरण सार्वजनिक गर्न नसकेको प्रदेश सरकारका मन्त्री सोनलले सोमबार प्रदेशसभा बैठकमा बोल्दै सञ्चारकर्मीले अनर्गल आरोप लगाएको बताए । 

राजपा संसदीय दलका नेता समेत रहेका मन्त्री सोनलले संसदको शुन्य समयमा बोल्दै भ्रष्टाचार भएको प्रमाणित गरेर देखाउन चुनौती दिए । 

‘लोकतान्त्रिक मूल्य मान्यता अनुसार स्वतन्त्र पत्रकारिताको म सम्मान गर्दछु,’ सोनलले भने, ‘म पत्रकारलाई उँट बनेको देख्न चाहेको छु, तर तपाईंहरु खँसी बाख्रा बन्नुभएको छ ।’

मोदी भ्रमणको खर्च तथा संघीय समाजवादी फोरम केन्द्र सरकारमा गएपछि प्रदेश सरकार र मन्त्रीलाई गलत लान्छना लाउने गरेको आरोप लगाए ।  

प्रदेश सरकार गठन भए पश्चात आफूहरुमाथि निरन्तर आक्रमण भइरेहेको आरोप लगाउँदै मन्त्री सोनलले भने, ‘अढाई हजारको गाडी भाडा गरेर शपथ ग्रहण बीरगंजबाट जनकपुर आएको थिएँ । र, सरकारबाट हटेपछि फेरी उत्तिकै भाडाको गाडीबाट बीरगञ्ज फर्कने छु । मोदी भ्रमणमा कहिँ कतै भ्रष्टाचार भएको छैन ।’ 

एक फरक प्रसंगमा मन्त्री सोनलले संघीय समाजवादी फोरमक नेकपा नेतृत्वको केन्द्र सरकारमा सहभागी हुँदैमा आफूहरुको गठबन्धनमा कुनै प्रभाव नपर्ने दावी गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमण गरेको एक महिना बिति सक्दापनि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गर्न सकेको छैन् । मोदीको नागरिक अभिनन्दन तथा स्वागतमा प्रदेश सरकारले ७ करोड २० लाख रुपैया खर्च गरेको बताइएको छ ।

प्रदेशसभामा बोल्दै प्रमुख विपक्षी दलका नेता तथा काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले मोदी भ्रमणको क्रममा भएको खर्चको विषयमा सञ्चार माध्यमले उठाएको प्रश्नको प्रशंसा गरे । यादवले भने, ‘मोदीलाई स्वागत गर्न कहाँबाट कति पैसा आयो ? सदन र जनतालाई जानकारी नगराए सम्म पत्रकारले लेख्छन । यसमा आक्रोश व्यक्तगर्नुको कुनै तुक छैन ।’

खर्च विवरण नै सार्वजनिक नगरेपछि कसरी इमान्दार भन्ने प्रश्न गर्दै उनले खर्च विवरण सार्वजनिक गर्न आग्रह गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।