शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमालेको आधिकारिकता दाबी गर्दै माधव पक्ष निर्वाचन आयोगमा

एमालेको आधिकारिकता दाबी गर्दै माधव पक्ष निर्वाचन आयोगमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एमालेको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एमालेको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ। माधव पक्षका नेताहरू राजेन्द्र पाण्डे र वेदुराम भुसाल नेकपाको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका हुन्। 

triton college

'नेकपा (एमाले) दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णय आधिकारिकता सम्बन्धी गम्भीर विवाद सिर्जना भएकोले... पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारिकता सम्बन्धी विषयमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ (ख), (ग) र दफा ४४ (१) समेत बमोजिम विवादको निरुपण गरी पाउनाका लागि दावी पेस गरेका छौं,' नेपाल पक्षले आयोगमा दिएको निवेदनमा उल्लेख छ। 

केपीशर्मा ओली पक्षले गैरकानुनी काम गरेकाले पार्टीको आधिकारिकता आफूहरूले पाउनुपर्ने निवेदनमा उल्लेख छ। अध्यक्ष केपी शर्मा ओलीको प्रमुख निर्देशनमा लोकतान्त्रिक विधि पद्धतिलाई लत्याउँदै सम्मानित अदालतको आदेशको समेत अवज्ञा गरी पूर्ण रूपमा असंवैधानिक, गैरकानुनी, विधान विपरीत निर्णय एवं कामकारवाही  भएको समेत नेपाल पक्षको आरोप छ। 

तत्कालीन नेकपामा पनि प्रचण्ड–माधव पक्षले यस्तै प्रकृतिको निवेदन दर्ता गराएको थियो। 

निवेदनको पूर्णपाठ

corrent noodles
Metro Mart

प्रकाशित: Apr 18, 2021| 16:04 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।