शुक्रबार, वैशाख १४, २०८१

एउटा जीवन गर्भमा हुर्काइरहेको छु : ऋचा शर्मा

नयिका ऋचा शर्माले आमा बन्न लागेको जानकारी गराएकी छिन्। नयाँ बर्षको पहिलो दिन सामाजिक सञ्जालमा स्टाटस लेख्दै नायिका शर्माले आमा बन्न लागेको जानकारी दिएकी हुन्।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - नयिका ऋचा शर्माले आमा बन्न लागेको जानकारी गराएकी छिन्। नयाँ बर्षको पहिलो दिन सामाजिक सञ्जालमा स्टाटस लेख्दै नायिका शर्माले आमा बन्न लागेको जानकारी दिएकी हुन्।

triton college

उनले सबैबाट आर्शिवादको अपेक्षा गरेको जनाएकी छिन्। ‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस्। आज त्यही कुरा स्मरण आइरहेको छ। एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ,’ उनले लेखेकी छन्।

एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सौभाग्यको कुरा भएको उल्लेख गरेकी छिन्। उनले प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा आफू र श्रीमान‍्ले सजीवनको रुख रोप्दै गरेको बताएकी छन्। 

'यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाइहरू सम्पूर्णको आर्शिवादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई,’ उनले लेखेकी छिन्।

प्रकाशित: Apr 14, 2021| 05:52 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।