शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सामर्थ्यले भ्याएसम्म ओलीले पार्टी र कम्युनिष्ट आन्दोलन खान्छन् : घनश्याम भुसाल

सामर्थ्यले भ्याएसम्म ओलीले पार्टी र कम्युनिष्ट आन्दोलन खान्छन् : घनश्याम भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको सामर्थ्यले भ्याएसम्म एमाले र कम्युनिष्ट आन्दोलन नै खाने टिप्पणी गरेका छन्। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

बुटवल– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको सामर्थ्यले भ्याएसम्म एमाले र कम्युनिष्ट आन्दोलन नै खाने टिप्पणी गरेका छन्। 

triton college

राजस्व र राष्ट्रिय अनुसन्धान विभाग हातमा लिएका प्रधानमन्त्री ओलीले अहिले पार्टीभित्रको अधिकार हातमा लिएर पार्टी नै खान खोजेको उनको आरोप छ। ‘मुलुक अहिले २०१७ सालमा पुष्पलालले जसरी कम्युनिष्ट पार्टी जोगाउन लाग्नुभयो। अहिले हामी त्यही अवस्थामा छौं,’ माधव नेपाल पक्षीय नेकपा एमाले रुपन्देहीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले भने, ‘हामी पार्टी बचाउँदैछौं, उहाँ (ओली) पार्टी सक्दै हुनुहुन्छ।’ 

एमालेका उपमहासचिव तथा पूर्वमन्त्री भुसालले ओलीले पार्टी विधानविपरीत जिल्ला कमिटी विघटन र गठन गर्नेसम्मको अधिकार लिएको बताए। ‘फागुन २३ गतेको निर्णयले प्रधानमन्त्री ओलीलाई बचाएको थियो, तर २८ गते आफ्नो गुटको बैठक राखेर मनलाग्दी पदाधिकारी खारेज गर्नुभयो। यहीबाट पार्टी सक्ने खेल सुरु भयो,’ उनले भने। 

विधानले पदाधिकारी खारेज गर्न नसक्ने बताउँदै विधान सभा र अधिवेशन विना हटाउनै नसक्ने उनले बताए। उनले ओली पक्षमा लाग्नेहरु पार्टी सक्ने अभियानमा सामेल भएको टिप्पणी गरे। 

नेता भुसालले पार्टी बर्बाद हुनबाट जोगाउन र एमालेलाई ओलीको कदमबारे जानकारी दिन देशैभर पुनर्गठन गरेको बताए। उनले ०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काए देशैभर गठन भएका संरचना त्यही छाडेर जेठ २ मा फर्कन तयार रहेको समेत बताए। 

corrent noodles
Metro Mart

उनले ओलीका कारण पार्टी सिस्टम, देश र कम्युनिष्ट आन्दोलन नै खतरामा परेको बताए। ‘हामीले गल्ती गरेका छैनौं, गल्ती तिनीहरु (ओली पक्ष)ले गरेका छन्,’ भुसालले भने। प्रधानमन्त्रीलाई दुवै पद दिँदा पनि के चाहिएको हो, त्यो रहस्य बुझ्न नसकेको उनले बताए।

‘संसद विघटन गर्नुभयो, अदालतले पुनर्स्थापना गरिदियो, तैपनि प्रधानमन्त्रीले मनलाग्दी गर्न छाड्नुभएन,’ उनले भने। 


 

प्रकाशित: Apr 13, 2021| 10:23 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।