शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकको प्रतिवेदन : नेपालको निर्यात क्षमता ११ खर्ब 

विश्व बैंकको प्रतिवेदन : नेपालको निर्यात क्षमता ११ खर्ब 

नेपालको निर्यात क्षमता ९.२ अमेरिकी डलर अर्थात् करिब ११ अर्ब नेपाली रुपैयाँ बराबरको रहेको विश्व बैंकले जनाएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- नेपालको निर्यात क्षमता ९.२ अमेरिकी डलर अर्थात् करिब ११ अर्ब नेपाली रुपैयाँ बराबरको रहेको विश्व बैंकले जनाएको छ।

triton college

सोमबार विश्व बैंकले जारी गरेको नेपाल अपडेट प्रतिवेदनमा नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९।२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब नेपाली रुपैयाँ अनुमान गरिएको छ, जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो। 

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक डा. केने इजेमेनारीका अनुसार यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ। मध्यकालीन समयावधिमा यो सम्भाव्य क्षमतालाई हासिल गर्ने कुरा असम्भव पनि नभएको उनको दाबी छ।

प्रतिवेदनमा नेपालको निर्यात क्षमता हासिल गर्नका लागि जोड दिनुपर्ने ६ वटा प्रमुख प्राथमिकताहरू उल्लेख गरेको छ। यसमा तीव्र र उत्थानशील पुनर्लाभका लागि पर्यटन क्षेत्रमा सुधार गर्ने, अधिक वैदेशिक लगानी ९एफडीआई० आकर्षित गर्न प्रक्रियाहरू सरलीकृत र सुव्यवस्थित गर्ने, निर्यात प्रवर्द्धनलाई आधुनिकीकरण र निर्यातकर्ताको क्षमता सुधार गर्ने, व्यापार लागत घटाउने, बोटविरुवाको स्वास्थ्यसम्बन्धी फाइटोसेनिटरी र गुण नियन्त्रणका पूर्वाधारमा लगानी गर्ने र विश्व मूल्य श्रृंखलामा जोडिएको अधिक अवसरहरूको लागि डिजिटल व्यापार र ई–वाणिज्यलाई बढावा दिने रहेका छन्।

‘मानिसहरूको जीवन, जीविकोपार्जन र व्यवसायमा गम्भीर असर पारेको यस कोभिड–१९ महामारीको विश्वव्यापी प्रभावको बीचमा नेपालको अर्थतन्त्र सुधारको बाटोमा छ’, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘आर्थिक सुधारमा बल पुर्याउन निर्यातको सम्भाव्यतालाई बढावा दिन गरिएका सुझावहरु नेपालले अंगीकार गरेको नीति र प्राथमिकता अनुकूल नै छ। 

corrent noodles
Metro Mart

हरित, उत्थानशील र समावेशी विकासको एजेण्डामार्फत् महाव्याधि पश्चातको पुनर्निर्माणलाई थप उत्तम र वातावरणमैत्री बनाउन नेपाल सरकार विकास साझेदार र निजी क्षेत्रसँग मिलेर काम गरिरहेको उनले बताए।

विश्व बैंकले ४० वर्षपछि  पहिलो पटक आर्थिक वर्ष सन् २०७७ मा संकुचित भएको नेपाली अर्थतन्त्र, निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य सुरु भएसँगै वि। सं २०७८ मा २।७ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरिएको छ। 

पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा छ। कोभिड १९ पश्चातको पुनर्लाभलाई तिव्रता दिन र नेपाललाई हरित, उत्थानशिल र समावेशी  विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्छ, विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेटको भनाइ छ। 

यस प्रतिवेदनका अनुसार कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनर्उत्थान पूर्ण रुपमा नहुन सक्छ। आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८/२०७९ मा चालू खाता घाटा घट्नगई कूल ग्राहस्थ उत्पादन ९जीडीपी० को १-२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

राजश्व संकलन लक्ष्यअनुसार हुन सक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपायहरु, खोप कार्यक्रम र आयोजनाहरु पुनः सन्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चहरुले आर्थिक वर्ष २०७८/२०७९को वित्तिय घाटा बढाएर सो आर्थिक वर्षको जीडीपीको ७ प्रतिशत नजिक पुर्‍याउने देखिन्छ। 

सरकारले कोभिड–१९ को प्रभाव र यसका कारण देखापर्न सक्ने जोखिमलाई सम्बोधन गर्ने कार्यक्रमहरू रेखांकित गरिसकेको अवस्थामा नेपाल विकास अपडेटले उत्थानशिल आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिष्प्रर्धी क्षमतामा सुधार ल्याउनु महत्वपूर्ण हुने कुरामा जोड दिइएको छ।

प्रकाशित: Apr 12, 2021| 13:41 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्