शनिबार, वैशाख १५, २०८१

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट 

गण्डकीको प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट सुरु हुने भएको छ। चालु अधिवेशनका लागि सरकारले ४ वटा विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ। यो गण्डकीको सातौं अधिवेशन हो। 
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

पोखरा– गण्डकीको प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट सुरु हुने भएको छ। चालु अधिवेशनका लागि सरकारले ४ वटा विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ। यो गण्डकीको सातौं अधिवेशन हो। 

triton college

अर्थ मन्त्रालयको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक, आम सञ्चार विधेयक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्राइभेट फर्म दर्ता नवीकरण र खारेजीसम्बन्धी विधेयक सचिवालयमा दर्ता भएको सचिव हरिराज पोख्रेलले बताए। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण भंग भएर पुरानै अवस्थामा गए पनि गण्डकीमा माओवादी केन्द्रले सरकारको साथ भने छाड्न सकेको छैन। बुधबार सुरु हुने अधिवेशन अगावै माओवादीका मन्त्री सरकारबाट बाहिरिनुपर्ने दबाब दलभित्रैबाट आएको छ। 

यसै विषयमा माओवादी केन्द्र संसदीय दलको बैठक बसे पनि निकास भने निस्केको छैन। रामजी बराल जीवन लगायत सांसद तत्काल सरकारबाट बाहिरिएर प्रतिपक्षीको लाइनमा बस्नपर्ने अडानमा छन्। संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमान र अर्का मन्त्री लेखबहादुर थापामगर अहिले सरकारमा छन्। मंगलबारको बैठकबाट निकास ननिस्केपछि बुधबार बिहानै फेरि बसेर निर्णयमा पुगिने सांसद बरालले बताए। 

माओवादी सरकारबाट बाहिरिए पनि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार भने सुरक्षित नै हुनेछ। ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ सांसद छन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि गुरुङ सरकारकै समर्थनमा छन्। ३ सांसद रहेको जनमोर्चा नेपालले पनि गुरुङ सरकारलाई नै समर्थन गरेको छ। माओवादीका १३ र कांग्रेसका १६ सांसद छन्। 

corrent noodles
Metro Mart

छैटौं अधिवेशनसम्म संशोधनसहित ४६ वटा विधेयक सदनबाट पास भएको छ। ती सबै विधेयक प्रमाणीकरण पनि भइसकेका छन्। विशेषगरी प्रहरी विधेयक, लोकसेवा आयोग विधेयक महत्वपूर्ण छन्। आयोग गठन भइसकेको छ। प्रहरी ऐन प्रमाणीकरण भएपनि कार्यान्वयनमा गएको छैन।
 

प्रकाशित: Apr 07, 2021| 02:45 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।