शनिबार, वैशाख २२, २०८१

सडक दुर्घटनामा पाँचको मृत्यु

पाल्पा, भोजपुर, बाँके र नुवाकोटका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– पाल्पा, भोजपुर, बाँके र नुवाकोटका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 

triton college

पाल्पाको तानसेन नगरपालिका-७ काजीपौवास्थित सडकमा लु२ च ६३२ नम्बरको पिकअप गाडी सडकबाट २० मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा गाडीका चालक बगनासकाली गाउँपालिका-४ बस्ने २० वर्षीय विजय खाम्चा र गाडीमा सवार रिब्दिकोट गाउँपालिका-४ रानिठाटी बस्ने २७ वर्षीय राज थापाको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि मिसन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

भोजपुरको अरुण गाउँपालिका-४ छेम्ताङस्थित सडकमा ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार मोरङ पथरी शनिश्चरे नगरपालिका-८ बस्ने ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ट्रकचालक अरुण गाउँपालिका-६ जरायोटार बस्ने २० वर्षीय जनकबहादुर खड्कालाई उपचारका लागि विराट नर्सिङहोम विराटनगरतर्फ पठाइएको छ। 

corrent noodles
Metro Mart

बाँकेको कोहलपुर नगरपालिका-११ शान्तिनगरस्थित सडकमा भे१ च १६६९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने धनबहादुर विकको १८ महिने छोरा साजन विकको सोमबार दिउँसो मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको तादी गाउँपालिका-५ नयाँबस्तीस्थित सडकमा बा।५ ख ६४९४ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने कृष्णबहादुर तामाङको ४ वर्षीय छोरा आइतमान तामाङको सोमबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको खरानिटार अस्पताल हुँदै वीर अस्पताल काठमाडौंमा थप उपचारका क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: Apr 06, 2021| 06:00 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।