शुक्रबार, वैशाख १४, २०८१

भैरहवा-तौलिहवा सडकमा एक वर्षमा १० प्रतिशत काम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- भैरहवा-लुम्बिनी-तौलिहवा सडक विस्तार शुरु भएको वर्षदिन बित्यो । हालसम्म भौतिक र आर्थिक दुवै प्रगति १० प्रतिशत मात्र छ । 

साउन ०७४ देखि शुरु भएको हो, उक्त सडक विस्तार । र, तीन वर्षमा सक्ने सम्झौता छ । भारतीय कम्पनी गावर कन्स्ट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाख रुपैयाँमा ठेक्का पाएको छ । 

आयोजना प्रमुख राजेश पौडेलका अनुसार ठेकेदार कम्पनीको काम सन्तोषजनक छैन । 'कामको गति बढाउन बारम्बार सचेत गराइरहेका छौं,' पौडेलले भने । 

उक्त सडक ४१ किलोमिटर लामो छ । भैरहवा बुद्धचोकदेखि विमानस्थलसम्म ६, त्यहाँबाट लुम्बिनीको पर्सा चौराहसम्म चार र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक तयार हुनेछ । 

सडक विस्तारका लागि एसियाली विकास बैंकको सहयोग छ । बुद्ध जन्मस्थल जोड्ने सडक समयमै सम्पन्न हुने सम्भावना न्यून रहेको उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । 

ठेकेदार कम्पनीका 'प्रोजेक्ट मेनेजर' पीभी श्रीनिवासले पनि काममा ढिलाइ भएको स्वीकारे । उनका अनुसार विद्युत प्राधिकरणले बिजुलीका पोल र वनले रुखहरू समयमै नहटाउँदा तथा ढुंगा, गिटी, बालुवा र माटो पर्याप्त नपाउँदा काममा ढिलाइ भएको उनको दाबी छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकले अहिले साँघुरो, खाल्डाखुल्डी र धुलाम्य सडकबाट यात्रा गरिरहनुपरेको छ । लुम्बिनीबाट तिलौराकोट पुग्न झनै समस्या छ । 

उक्त सडकमा पर्ने दुई हजार ६८ वटा रुखमध्ये ६० प्रतिशत कटानी भइसकेको छ । माटो पट्याउने, निर्माण सामग्री संकलन, कल्भर्ट र नाला निर्माण, पाँच किमिमा सब-वेसको काम, ल्याब र ठेकेदार कम्पनीको कार्यालय निर्माण सम्पन्न भइसकेको छ । रेडिमिक्स प्लान्टको काम अन्तिम चरणमा र क्रसर प्लान्टको काम सम्पन्न भइसकेको छ । 

आयोजनाका अनुसार ६ लेन सडकको बीचमा 'ग्रिन बेल्ट', २/२ लेनको सडक र दायाँबायाँ सर्भिस ट्रयाकसहित फुटपाथ निर्माण गरिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।