NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्षसहित नेताहरू सर्वोच्च जाँदै

पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्षसहित नेताहरू सर्वोच्च जाँदै

फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आज माओवादी केन्द्र सर्वोच्च अदालत जाँदैछ।
 |  मंगलबार, चैत १७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

vianetvianet

काठमाडौं - फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आज माओवादी केन्द्र सर्वोच्च अदालत जाँदैछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू र कानुन व्यवसायीसहित पुनरावलोकनका लागि अहिले बिहान ११ बजे सर्वोच्च अदालत जान लागेका हुन्।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पुनरावलोकनका लागि सर्वोच्च अदालत जान लागिएको जानकारी दिए।

सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रले पटक-पटक पुनरावलोकनमा जाने विषयमा कानुन व्यवसायीसँग छलफल गरेको थियो।

अध्यक्ष दाहालले पुनरावलोकनमा जानुअघि बिहान आफ्नै निवास खुमलटारमा आफू निकट केही स्थायी कमिटीका सदस्यसँग पनि छलफल गरेका थिए।

Metro Mart

प्रकाशित: Mar 30, 2021| 03:37 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।