शुक्रबार, वैशाख २१, २०८१

घरमा छैनन् परेवा र गौंथली, वनमा छैनन् ढिकुर र मालचरी

कुनै समय थियो, गौंथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो। समय बदलियो। समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं - कुनै समय थियो, गौंथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो। समय बदलियो। समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए।

triton college

धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौं आनुवांशिक स्रोतहरू हराउँदै गए। रैथाने प्रविधि लोप भए। मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगे। वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका सारथी’ मानिने घरचरी र वनचरी म्याग्दीका गाउँबस्ती र वनजङ्गलबाट लोप हुने अवस्थामा पुगेका छन्।

शान्ति र प्रेमको प्रतीकसमेत मानिने घर पालुवा पक्षी परेवा र परिश्रम र सहकालको प्रतीक मानिने गौंथली अब म्याग्दीका गाउँबस्तीमा देखिन छाडेका छन्। त्यसैगरी वनपाखामा बासस्थान (गुँड) बनाएर बस्ने ढिकुर, डाङ्ग्रे, भँगेरा र मालचरीलगायतका पक्षीहरू हराउँदै गएपछि वनजङ्गल पनि सुनसानजस्तै लाग्न थालेको स्थानीय बासिन्दा बताउँछन्।

घरमा परेवा र गौंथली पाल्ने संस्कृति नासिँदै गएको वन तथा वातावरण क्षेत्रका अध्येता चन्द्रमणि सापकोटाले बताए। जोडी बनाएर बस्ने परेवा र गौंथलीले मानवबस्तीको विस्तार, पक्की घर निर्माण, चरन क्षेत्र अभावलगायत विभिन्न कारणले विस्तारै बासस्थान परिवर्तन गर्न थालेको उनको भनाइ थियो। 'बासस्थान र चरनक्षेत्र प्रमुख कारण हो। भौतिक संरचना परेवा र गौंथलीमैत्री छैन्', सापकोटाले भने। 

धार्मिक र परम्परागत भनाइमा परेवा र गौंथली मार्दा पाप लाग्ने बताइन्छ तर पछिल्लो समय पूजा गर्ने, भाकल चढाउने नाममा गाउँघरमा कतैकतै मात्र पाइने परेवा नासिँदै गएका छन् भने औषधि हुन्छ भनेर गौंथलीको समेत शिकार गर्न थालिएको स्थानीयवासीले बताएका छन्। 

corrent noodles
Metro Mart

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गत वर्ष चैतबाट गरिएको बन्दाबन्दीका कारण गाउँमा फर्केका युवाले वनका पक्षीको शिकार गरेर दिन बिताउने गरेका कारण म्याग्दीका जङ्गलबाट वनचराको सङ्ख्या पनि निकै कम भएको पाइएको छ।

दुई वर्ष अघिसम्म वनमा पाइने ढिकुर, कालिज, तित्रो र मालचरीलगायतका पक्षीहरू गत वर्षदेखि अत्यन्त थोरै मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताए। प्रकृतिका सङ्गीतकार मानिने यस्ता वनचरी नास हुनुमा मानवीय कारण नै प्रमुख रहेको वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए। 

मानवीय स्वार्थ र लापरबाहीका कारण वनचरीको बासस्थान नास हुने र अवैधरूपमा शिकार गर्ने प्रवृत्तिले जङ्गलबाट वनचरी हराउँदै गएको उनको भनाइ थियो।

मानवीय लापरवाहीका कारण लोप हुन लागेका घरचरी र वनचरीको संरक्षणका लागि बेलैमा सचेत हुनुपर्ने वन तथा वातावरण क्षेत्रका अगुवाहरूको भनाइ छ। गुँड नजिक अर्को गुँड बनाउने, आवतजावत गर्ने मार्गमा कुनै अवरोध नगर्ने, घरमा कीरा मार्ने विषादी प्रयोग नगर्ने, हिलो भएको ठाउँमा अन्य फोहर नफाल्ने गरेमा घरचरीको संरक्षण गर्न सकिने वातावरण संरक्षका अभियानकर्मी सापकोटाको भनाइ छ। 

त्यसैगरी अवैधरूपमा गरिने चोरी शिकारीलाई नियन्त्रण गरी आहारा र बासस्थानको अभाव हुन नदिने हो भने वनचरीलाई जङ्गलमा नै संरक्षण गर्न सकिने निमित्त प्रमुख खनालले बताए। रासस

प्रकाशित: Mar 28, 2021| 06:38 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।