काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले हैटीलाई चार शून्य गोलले पराजित गरेको छ । कप्तान लियोनल मेसीले गरेको ह्याट्रिक गोलको मद्दतले अर्जेन्टिनाले हैटीलाई चार शून्यले पराजित गरेको हो ।
मेसीले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरे । अर्को गोल वैकल्पिक खेलाडी सर्जियो अगुएरोले थपे । मेसीले १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने ५८ औँ र ६६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । अगुएरोले ६९ औँ मिनेटमा अर्जेन्टिनाका लागि चौथो गोल गरे ।
रसियमा हुने विश्वकप खेल्न जानुअघि अर्जेन्टिनाले अर्को साता इजरायलसँग वार्म अफ म्याच खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४