काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
मैठक कलंकीस्थित मेगा ब्यांकेटमा सुरु भएको हो। बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधानअनुरुप चल्न सामूहिक दबाब दिने उक्त समूहको रणनीति रहेको बुझिएको छ।
ओलीले पार्टी समानान्तर गतिविधि नगर्न चेतावनी दिँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेका थिए।
ती चारै नेताले ओलीलाई स्पष्टीकरण लेख्दै उल्टै संगीन आरोप पेस गरेका छन्।