शुक्रबार, वैशाख १४, २०८१

सार्वजनिक स्थानमा होली खेल्न रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा होली खेल्न रोक लगाएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा होली खेल्न रोक लगाएको छ।

triton college

कोभिड–१९ संक्रमणको दर बढ्दै गएकोले होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्। 

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। यस वर्षको होली चैत १५ र १६ गते मनाइँदैछ।

काठमाडौं उपत्यकामा वृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनिकरण गर्न स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्यसञ्चालन गर्ने र समय–समयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्नसमेत प्रजिअ पराजुलीले अनुरोध गरेका छन्। 

कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तहमार्फत् अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उनले बताए। 

corrent noodles
Metro Mart

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्न, कक्षाकोठाको व्यवस्थापन सोहीअनुसार गर्न, स्यानिटाइजर प्रयोग गर्न तथा हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्नसमेत प्रजिअले अनुरोध गरेका छन्।

प्रकाशित: Mar 24, 2021| 13:39 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।