शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा थपिए १३ जना कोरोना संक्रमित 

प्रदेश १ मा बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

विराटनगर- प्रदेश १ मा बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

triton college

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो। प्रदेश १ मा आइतबार संक्रमण शुन्य थियो। सोमबार २ र मंगलबार ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ का विभिन्न प्रयोगशालामा बुधबार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो। प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण देखिएका मध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन्। ४४ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमण देखिएकामध्ये ४६६ जनाको मृत्यु भएको छ। 

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लाई लगाइएको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Mar 24, 2021| 12:52 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।