शुक्रबार, वैशाख १४, २०८१

सहरी योजनामा वालिङ नगरपालिका सर्वोत्कृष्ट 

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगर घोषित भएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

पोखरा– स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगर घोषित भएको छ।

triton college

नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेका छन्। 

वालिङ नगरपालिका सहरी योजना, वातावरण, विपद जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो।

नेपाल नगरपालिका संघले विभिन्न ३ विधामा देशभरका नगरपालिकामध्येबाट स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट बनेका हुन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका सहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजश्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो।

नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए। ‘वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ,’ नगर प्रमुख खाँणले भने, ‘हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्यांकन गर्नुहुनेप्रति नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछु।’

corrent noodles
Metro Mart

नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने नगर प्रमुख खाँणले विश्वास व्यक्त गरे। 

वालिङ नगरपालिकाले सहरी विकासका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनहरु निर्माण गरी विगत २ वर्षदेखि कार्यान्वयनका चरणमा रहेको उपप्रमुख कल्पना तिवारीले बताइन्।

नगरपालिकाले यहाँका नागरिकहरुलाई विपदजन्य जोखिमकाकारण हुनसक्ने संभावित घटनालाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि निरन्तर कार्य गर्दै आइरहेको र वर्षायाममा जोखिम संभावित बस्तीका नागरिकलाई नजिकैको विद्यालयहरुमा स्थानान्तरण गर्ने कार्य गरिएको उनको भनाइ छ । पहिरोका कारण विस्थापित परिवारकालागि स्थानीय तहमै व्यवस्थापनका लागि समिति गठन गरेर काम भएको उनले बताइन्। 

यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका संघको २३ औं स्थापना दिवसका अवसरमा देशभरका २ सय १७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई १ लाख पुरस्कार प्राप्त गरेको थियो। नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्यांकन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो।

यसअघि संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो।

प्रकाशित: Mar 24, 2021| 11:24 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।