NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गरिदिने

दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गरिदिने

इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैशी) को उपचार प्रदेश सरकारले गरिदिने भएको छ।
 |  बुधबार, चैत ११, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

vianetvianet

विराटनगर– इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैशी) को उपचार प्रदेश सरकारले गरिदिने भएको छ। परिवारका धेरै सदस्यमा मानसिक समस्या भएको र आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या देखिएपछि प्रदेश सरकारले चासो लिएको हो। 

आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मत कार्कीले तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने बताए। उनले इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई तिम्सिनाको उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

कार्कीले तिम्सिनाको कहाँ लगेर कस्तो उपचार गर्नुपर्ने हो, त्यसको जानकारी लिन पनि निर्देशन दिएका छन्। मन्त्री कार्कीले दुर्गाप्रसादलाई क्षतिपूर्ति भराउन प्रदेश सरकारले पहल गर्ने बताए। 

प्रमुख जिल्ला अधिकारी खड्काले तिम्सिनाका भाइ गोपाल शर्मालाई सम्पर्क गरी दुर्गाप्रसादको उपचार गराउने जानकारी दिएको बताए। प्रजिअ खड्काले भने, ‘दुर्गाको घरमा टोली पठाएर विवरण लिन निर्देशन दिएको छु।’ 

०३७ सालदेखि घरबाट बेपत्ता भएका उनी बिना सुनुवाइ ४० वर्ष भारतको जेलमा बसेर आइतबार फर्किएका थिए। व्यक्ति हत्या अभियोगमा उनलाई भारतको जेलमा राखिएको थियो।

Metro Mart

२० वर्षको उमेरमा घरबाट हिँडेका उनी घर फर्किंदा मानसिक रुपमा बिरामी भएर फर्किएका छन्। चिकित्सकले दुर्गाप्रसादमा बालकले गर्ने व्यवहारमात्र रहेको बताएका छन्। निकै थोरै बोल्ने, काम्दै बोल्ने गरेको दुर्गाप्रसादका भाइ गोपाल शर्माले बताए। जेलले औषधि नपठाएका कारण उनले औषधि सेवन गर्न पाएका छैनन्। 

भारतको कोलकाता उच्च अदालतले तिम्सिनालाई गत बुधबार जेलबाट रिहा गर्न आदेश दिएको थियो। आदेश अनुसार उनी शनिबार बिहान कोलकाताको दमदम जेलबाट छुटेका थिए। 

४० वर्षसम्म बेपत्ता भएका उनको नागरिकता पनि बनेको छैन। धार्मिक परम्पराअनुसारका व्रतबन्ध र विवाह पनि भएको छैन। ८६ वर्षीया आमा धनमायाले दुर्गाप्रसादको ब्रतवन्ध, विवाह हेर्न बाँकी रहेको बताएकी छिन्। बिरामी भएर आएकाले पहिले उपचार गर्न लाग्नुपर्ने उनको भनाइ छ।
 

प्रकाशित: Mar 24, 2021| 06:25 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।