शुक्रबार, वैशाख १४, २०८१

नारायणगढ–बुटवल सडक : बन्ला त संसदको मुद्दा ?

नारायणगढ-बुटवल सडकको स्तरोन्नति ढिलाइबारे संसदले चासो दिएको छ। 
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं - नारायणगढ-बुटवल सडकको स्तरोन्नति ढिलाइबारे संसदले चासो दिएको छ। 

triton college

विकास निर्माण एवं भौतिक पूर्वाधार क्षेत्र हेर्ने विकास तथा प्रविधि समितिले सो सडक खण्डको बारेमा चासो दिएको हो।

समिति सदस्य रंगमती शाहीले नारायणगढ–बुटवल सडक खण्डको अवस्थाबारे बुझ्न सरोकारवालासँग छलफल गरिने बताइन्। 

उक्त सडक खण्डको अवस्थाबारे समितिमा कुरा उठाउने र सभापतिलाई विश्वस्त पार्ने शाहीले बताइन्। 

‘म बुधबारको बैठकमा पनि कुरा राख्छु। सभापतिज्युसँग पनि कुरा राख्छु,’  उनले भनिन्, ‘अनुकूल मिलाएर यस विषयमा विस्तृत बुझ्ने प्रयत्न गर्छौं।’

corrent noodles
Metro Mart

यस्तो छ सडकको अवस्था

सन् २०१९ फेब्रुअरीदेखि सुरु भएको नारायणगढदेखि बुटवल चोकसम्मको सडक स्तरोन्नतिको काम करिब–करिब अलपत्र अवस्थामा छ। 

साढे तीन वर्ष अर्थात् ४२ महिनामा सक्ने गरी २०७५ पुसमा चाइना स्टेट अफ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। 

सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि सडक स्तरोन्नतिको काम ५ प्रतिशत पनि हुन नसकेको सडक डिभिजन कार्यालय बुटवलको भनाइ छ।

गैंडाकोटदेखि बुटवल चौराहासम्म कुल ११३ किलोमिटर लम्बाइ छ। 

बुटवलदेखि दाउन्नेसम्मको ४८ किलोमिटर र दाउन्नेदेखि गैंडाकोटसम्म ६५ किलोमिटर गरी दुई खण्डमा स्तरोन्नति गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलबाट शिलान्यास गरेका थिए।

उक्त सडकको दाउन्ने खण्डमा तीन लेन, जंगली क्षेत्रमा चार लेन र मुख्य बजार क्षेत्रमा ६ लेनमा स्तरोन्नति गर्ने सरकारी लक्ष्य हो।

स्तरोन्नतिका लागि कुल १७ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो। 

लागतको ८५ प्रतिशत खर्च एसियाली विकास बैंकको ऋण सहयोग हुने र बाँकी १५ प्रतिशत नेपाल सरकारले नै खर्च गर्ने गरी सम्झौता भएको थियो।

पछिल्लो समय कोभिड–१९ का कारण सडक स्तरोन्नतिमा ढिलाइ भएको सम्बन्धित आयोजना प्रमुखहरूको भनाइ छ। 

सडक स्तरोन्नतिको काम सुरु गर्दैगर्दा रुख कटान र पोल सार्नमा समय लागेको र त्यसपछि कोभिड–१९ का कारण ढिलाइ भएको आयोजनाको भनाइ छ।

समितिको अजेन्डा बन्छ : सभापति खड्का

विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले नारायणगढ–बुटवल सडकखण्डको अवस्थाबारे बुझ्ने बताइन्। 

‘सडक स्तरोन्नतिबारे समितिको चासो त छ,’ उनले भनिन्, ‘हामीले अजेन्डा तयार गर्ने सूचीमा त्यसलाई पनि राखेका छौं। तर, लगातार अरू नै विषयमा केन्द्रित हुँदा अलि ढिलाइ हुन गएको छ।’ 

आगामी १२ गते बस्ने समितिको बैठकको अजेन्डा बनाउने तयारी समितिले गरेको सभापति खड्काको भनाइ छ। 

समितिको कार्य क्षेत्र नै भौतिक पूर्वाधार रहेको भन्दै उनले सम्बन्धित निकायसँग छलफल गरी आवश्यक निर्देशन गरिने बताइन्।  

सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा दैनिकरूपमा आवतजावत गर्ने हजारौं यात्रुले सास्ती खेप्नु परेको छ। 

साथै भविष्यमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रमुखहरू बताउँछन्।

र, याे पनि 

दुई वर्षमा पाँच प्रतिशत काम, यात्रुलाई सास्ती

प्रकाशित: Mar 24, 2021| 02:51 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।