शनिबार, वैशाख ८, २०८१

ओली नहटेसम्म सत्ता सहकार्यबारे छलफल हुँदैन : देव गुरुङ 

सरकार अहिले पनि कामचलाउ हो। सर्वोच्च अदालतले सरकार पुनःस्थापना गरेको होइन।
 |  मंगलबार, चैत १०, २०७७

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, चैत १०, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर प्रतिगमन गरेको भन्दै राजीनामा माग गरेको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिन सकेको छैन। प्रधानमन्त्रीको राजीनामा माग्ने तर सरकारलाई दिएको समर्थन कायमै राखेको विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसँग बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी :  

triton college

तपाईंहरूले सरकारलाई दिएको समर्थन किन फिर्ता नलिनुभएको हो? 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भन्ने निर्णय यथावत् छ। समर्थन फिर्ता लिने र नलिने विधिको कुरा हो। राजीनामा दिनुपर्नेचाहिँ राजनीतिक विषय भयो। संसद् भंग गरेपछि उहाँले स्वतः राजीनामा दिनुपर्थ्याे। प्रतिनिधिसभा भंग हुने तर प्रधानमन्त्री भइरहने भन्ने हुँदैन। 

ओली त कामचलाउमा पनि जानु भएन। तर सरकार अहिले पनि कामचलाउ हो। सर्वोच्च अदालतले सरकार पुनःस्थापना गरेको होइन। विधि मान्ने हो भने त यो भन्दा ठूलो के चाहिन्छ र? विधि नमानेपछि के लाग्यो? एकछिन मान्नुस्, उहाँ विधिबाट उहाँ हट्नुहोला रे। तर, उहाँको चिन्तन त जसरी पनि संसद् भंग हुनुपर्छ भन्ने छ। हामी संविधान र संसद् जोगाउन चाहिरहेका छौं। 

उहाँले राजीनामा दिने संकेत नै गर्नुभएको छैन। तपाईंहरूले मागेर मात्र हुन्छ र?

corrent noodles
Metro Mart

नैतिकता पालना गर्ने–नगर्ने उहाँको कुरा हो। यसको जवाफदेही पनि उहाँ नै हो। सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिसकेपछि उहाँलाई अरूले राजीनामा देऊ भनिरहनै पर्दैन।

सत्ता सहकार्यका विषयमा कांग्रेस र जसपासित पटक–पटक छलफल भए पनि टुंगोमा पुग्न नसक्नुको कारण?

प्रधानमन्त्री ओलीले राजीनामा दिएर ठाउँ रिक्त भएपछि मात्र विकल्पमा छलफल हुन्छ। उहाँले ठाउँ रिक्त नगरेको अवस्थामा विकल्प दिन सक्ने अवस्था रहँदैन। उहाँ जबरजस्ती कुर्सीमा बसिरहनुभएको छ। राजीनामा नदिएर प्रधानमन्त्रीले नै समस्या खडा गरिरहनुभएको छ।  त्यसैले अरूले जति छलफल र वार्ता गरे पनि केही अर्थ रहँदैन। सदन र संविधानको रक्षा गर्न दलहरूबीच सहमति हुनुपर्‍यो भन्ने मेरो भनाइ हो। 

अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री स्वतः अल्पमतमा पर्दैनन् र?

त्यो त दलहरुले सोच्ने कुरा भयो। फेरि त्यो बाध्यकारी बाटो पनि हो। हामीले चाहेको त संविधान र संसद्को रक्षा हो। प्रधानमन्त्री ओली प्राविधिक हिसाबले त हट्नुहोला तर संसद्मा संविधान विरोधी र संसद् विरोधी शक्ति रहिरह्यो भने सुरक्षित हुँदैन। 

प्रधानमन्त्रीले राजीनामा नै नदिएपछि निकास कसरी निस्किएला?

ओलीलाई पदबाट हटाउन दलहरुले विभिन्न उपाय अवलम्बन गर्नुपर्छ। हामी पनि सबैसित छलफल र परामर्श गरेर नै अगाडि बढ्नेछौं। 

माओवादी केन्द्रका मन्त्रीहरूलाई स्पष्टीकरण सोध्नुभएको थियो तर, कारबाही प्रक्रिया त अघि बढेको छैन नि?

हामीले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियौं। त्यसको जवाफ आएको छैन। अब पार्टीमा छलफल भएर उपयुक्त निर्णय हुन्छ। 
 

कांग्रेस र माओवादी निर्णयको चाबी जसपाको हातमा

प्रकाशित: Mar 23, 2021| 11:40 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...