शुक्रबार, वैशाख १४, २०८१

छोरोलाई हिरो बनाउदै सन्तोष 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
निर्माता सन्तोष सेनले नया चलचित्र बनाउदै छन् । जसमा उनले आफ्नो कान्छो छोरोलाई नायकको रुपमा उतार्ने भएका छन् । 

चलचित्रको नाम अझै जुराइनसकेका निर्माताले यसपाली बाल मनोवैज्ञानिकतामा आधारित भएर चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रमा छ वर्षको बच्चाको साथै आमाको मार्मिक कथा उठाउन खोजेको उनले बताए । 

मण्डलामा अभिनय सिकिरहेका उनका छोरा आयुव नै यस चलचित्रमा मुख्य भूमिकामा रहने बताए । आफ्नै छोरोलाई बाल हिरो बनाउन लाग्दै गरेका सन्तोषले यसपाली थप चुनौती मोलेका छन् । 

आशु सेन फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्र आगामी मलपासपछि छायाँङ्कनमा जादै छ । सन्तोषले यो भन्दा अघि चंखे संखे पंखे, प्रेमगीत र प्रेमगीत–२ निर्माण गरिसकेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्