शुक्रबार, वैशाख १४, २०८१

बुबाको डिप्रेसन सन्तानका लागि खतरनाक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
आमाको डिप्रेसनले बच्चाको स्वास्थ्यमा नकारात्मक असर पूराउने तथ्य त जगजाहेर नै छ । विभिन्न अध्ययनहरुले यसलाई पुष्टि गरिसकेका छन् । तर अर्को एक अध्ययनले भने आमाको मात्र होइन बाबुमा हुने डिप्रेसनले समेत भावी सन्तानको स्वास्थ्यमा असर पार्ने तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार बुवामा हुने डिप्रेसनका कारण आमाको गर्भमा रहेको शिशु कहिलेकाहीँ समयभन्दा छिटो जन्मिने सम्भावना हुन्छ । अर्थात् श्रीमानमा डिप्रेसनको समस्या हुँदा गर्भवती श्रीमती समय नपुगी सुत्केरी हुने जोखिम बढ्दछ ।

स्विडेनको सेन्टर फर हेल्ट इक्विटी स्टडिजका डाक्टर एन्डर्स जर्नका अनुसार डिप्रेसन पीडित आमाबुवा दुबै सन्तानको अपरिपक्व जन्मका लागि जिम्मेवार मानिन्छन् । त्यसैले बाबुआमा दुबैको मानसिक स्वास्थ्यको जाँच तथा उपचार आवश्यक हुन्छ ।

बाबुको डिप्रेसनले गर्भको बच्चामा पर्ने असरका बारेमा व्याख्या गर्दै उनले पार्टनर डिप्रेसन ग्रस्त हुँदा गर्भवती महिलामा चिन्ता थपिने र त्यसले गर्भवती समेत डिप्रेसनमा फस्ने जोखिम रहने बताएका छन् । यसरी गर्भवती महिलामा डिप्रेसन हुँदा उनले समय भन्दा पहिले नै बच्चा पाउने जोखिम बढ्दछ ।

गर्भ नरहँदैको अवस्थामा पितामा हुने डिप्रेसनले पनि भावी बच्चाको स्वास्थ्यमा प्रभाव पार्दछ । डिप्रेसनका कारण पुरुषको शुक्रकिटको गुणस्तरमा क्षयीकरण हुन्छ । यसकारण त्यस्तो पुरुषको शुक्राणुबाट गर्भाधारण भै विकशित भएको भ्रुणको डिएनएमा प्रभाव पर्दछ । यसले गर्भको बच्चाको शारीरिक तथा मानिसक वृद्धि विकाशमा असर पुग्दछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्