काठमाडौं । कागजको नोट आकारको गड्डी बनाएर त्यसको तलमाथि एक एक थान सक्कली रूपैया राखेर फिल्ममा धेरै पैसा देखाइन्थ्यो ।
धेरै पैसा देखाउन पर्यो भने, पैसालाई नै फोटोकपी गरेर कटिङ्ग गरिन्थ्यो र बण्डलको आकार दिएर स्टीज लगाइन्थ्यो । यस किसिमको पैसा सिनेमा देखाइदै आइएको थियो । तर अहिले चर्चित निर्माताले यो प्रक्रियालाई भङ्ग गर्दै नक्कली पैसा नै बनाइदिए ।
चंगाचेटको लागि निर्माता माधव वाग्लेले दुई करोड ५२ लाख रुपैयाँ नक्कली पैसा बनाएर नेपाल भित्राउदै थिए । तर राजधानीमा पुग्दा नपुग्दै नक्कली नोट सहित पक्राउ परे ।
तीन करोड भन्दा बढि पैसा सिनेमा देखाउन नक्कली नोट बनाएको भन्ने उनको दावी छ । तर, नक्कली नोट बनाउन उनले कुनै निकायसँग अनुमति लिएका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४