शनिबार, वैशाख १५, २०८१

खुवालुङ पुगेर अभियन्ताहरूले गरे प्रदर्शन

तमोर, अरुण र दुधकोशीको संगमस्थलमा रहेको किराँतीहरूको सांस्कृतिकस्थल खुवालुङ पुगेर अभियन्ताहरूले सोमबार प्रदर्शन गरेका छन्।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं- तमोर, अरुण र दुधकोशीको संगमस्थलमा रहेको किराँतीहरूको सांस्कृतिकस्थल खुवालुङ पुगेर अभियन्ताहरूले सोमबार प्रदर्शन गरेका छन्।

triton college

सप्तकोशीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो।

बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति लेखक संघ तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध गरेका हुन्।

किराँत सभ्यता र मुन्धुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमामा पर्छ। वराह क्षेत्रनजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन्।

८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोशीमा जहाज चलाइछाड्ने उद्घोष गरेका थिए।

corrent noodles
Metro Mart

यसैको विरोधमा सोमबार गरिएको प्रदर्शनमा बोल्दै साहित्यकार एवम् आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले विकासको नाममा संस्कृतिमाथि धावा बोल्ने हरेक शासकविरुद्ध जनता उभिने उद्घोष गरे।

मुकारुङले भने, ‘किराँतहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमामात्रै नदेखोस्।’
यस्तै बृहत् नागरिक आन्दोलनका अभियन्ता बच्चु हिमांशुले राज्यले आदिवासी, जनजातिहरूको संस्कृतिमाथि बारम्बार प्रहार गरिएको भन्दै आक्रोश पोखे। उनले भने, ‘कतै रंगशालाको नाममा, कतै पानीजहाज त कतै मन्दिरको नाममा आदिवासीमाथि दमन गरिएको छ।’

यस्तै खुवालुङ बचाउ समितिकी सचिव दिला राईले स्थानीय जनताको आस्था र भावना मिचेर सरकारले खुवालुङ ढुंगो भत्काउन लागेको बताइन्। उनका अनुसार बहुसंख्यक स्थानीय ढुंगा भत्काउन नमिल्ने पक्षमा छन्।

विरोध कार्यक्रममा पूर्वी नेपालका विभिन्न स्थानबाट लेखक, कलाकार, विद्यार्थी अभियन्ता तथा संस्कृतिकर्मीहरूको उपस्थिति थियो।
स्थानीय इन्द्रहाङ खम्बूका अनुसार खुवालुङको शाब्दिक अर्थ पानीमा रहेको ढुगो भन्ने बुझिन्छ। किराँतका पूर्खाहरू यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दुधकोशी, सुनकोशी क्षेत्रतिर प्रवेश गरेको इतिहास रहेको खम्बूले बताए।

प्रकाशित: Mar 08, 2021| 15:04 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।