शुक्रबार, वैशाख १४, २०८१

द्वन्द्वकालमा बेपत्ता घर फर्केनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बाजुरा । जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन् । राज्य र दुवै माओवादी पक्षबाट बाजुराका सर्वसाधारण जनताले हदैसम्म दुःख पाएका थिए । द्वन्द्वकालमा बालबालिकादेखि वृद्धवृद्धासमेत माओवादी र सरकार पक्षबाट पीडित बन्दै गएका थिए । 

द्वन्द्वकालमा बेपत्ता स्थानीयवासी लामो समय बितिसक्दा पनि घर फर्कका छैनन् । बेपत्ता भएका घरका आफन्त बाटो कुर्दै बसिरहेका छन् । द्वन्द्वकालमा सरकार र तत्कालीन माओवादी पक्षबाट बेपत्ता पारिएका ३० जना अझै घर फर्कका छैनन् । 

तिनको खोजीका लागि बाजुरा, बेपत्तासम्बन्धी आयोगमा उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएकामा तत्कालीन राज्यपक्षबाट ११, माओवादी विद्रोही पक्षबाट १६, माओवादी र राज्यपक्षबाट एक र कुन पक्षले बेपत्ता पारेको हो भन्ने थाहा नभएका दुई जना रहेको उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालय प्रमुख कर्णबहादुर बुढाले जानकारी दिए । 

दुई जना बेपत्ताका परिवारले मात्र राहत पाएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताए । राहत पाउनेमा स्वामी कार्तिक गाउँपालिका–३ का टेकेन्द्रबहादुर शाही र हिमाली गाउँपालिका–३ का जंगबहादुर रोकायका परिवार मात्र छन् । 

बेपत्ता भएकाका परिवारलाई प्रति बेपत्ता व्यक्ति १० लाख आर्थिक वर्ष २०७३/७४ मा राहतस्वरुप वितरण गरिएको स्थानीय शान्ति समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । द्वन्द्वकालमा मृत्यु भएका नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीका परिवारलाई प्रतिमृतक १८ लाखका दरले करीब सात करोड ६३ लाख वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ । 

यसैगरी द्वन्द्वकालमा घरबार नै छाडेर विस्थापित दुई हजार दुई सय ८२ परिवारमध्ये आव २०७३।०७४मा एक परिवारका प्रतिव्यक्तिले २५ हजारका दरले करीब तीन करोड ७३ लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालय बाजुरामा अभिलेख छ । प्रतिपरिवार प्रतिव्यक्तिका दरले रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लालबहादुर विष्टले जानकारी दिए । 

विस्थापितमध्येका एक हजार नौ सय पाँच परिवारले पुनःस्थापनाका लागि रकम लिएको र बाँकी तीन सय ७७ परिवारलाई पुनःस्थापना गर्नका लागि बजेट अपुग भएपछि ९१ लाख ५० हजार माग गरिएको लेखापाल विष्टले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।