शुक्रबार, वैशाख १४, २०८१

लोकसंस्कृति जोगाउन महिलाले नै बजाउँछन नौमती बाजा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
म्याग्दी । शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । 

पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् । 

नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पूजा, व्रतबन्ध, छेवरलगायतका शुभ कार्यमा बजाइने नौमती बाजालाई संरक्षण गर्दै व्यावसायिक बनाउने उद्देश्यले पोखरामा बसोबास गर्ने म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका बासिन्दाले फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूह नै बनाएका छन् । 

विसं २०६१ मा गठन भएको यस समूहले नयाँ पुस्ताका युवा युवतीलाई नौमती बाजा बजाउन सिकाएर दर्जन बढी नयाँ बाजा समूह नै उत्पादन गरिसकेको फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूहका अध्यक्ष डम्बरबहादुर पुर्जाले बताए । 

'एउटै समूहमा महिला र पुरुष दुवैले नौमती बाजा बजाउनु हाम्रो प्रमुख विशेषता हो, हामीले यस समूहमार्फत कला संस्कृतिको संरक्षण र नयाँपनसँगै रोजगारी पनि सिर्जना गरेका छौँ,' अध्यक्ष पुर्जाले भने । यस समूहमा अहिले ३० जना बढी आबद्ध छन् । त्यसमध्ये करीब आधा महिला मात्रै छन् । महिलाले बाजा बजाउनुको साथै नौमती बाजामा दोहोरी गाउने र नृत्यसमेत देखाउने गरेको समूहकी सदस्य प्रिती पुनले बताइन । 

महिलाले नै बाजा बजाउने, दोहोरी गाउने र नृत्यसमेत देखाउने भएकाले पोखरा क्षेत्रमा यस समूहको लोकप्रियता बढेको समूहका बाधक तिलक फगामीको भनाइ छ । विवाहको लगन र पूजाआजा हुने समयमा दुई बढी समूह बनाएर नौमती बाजा बजाउने गरिएको छ । बाजा बजाएर आउने आम्दानीबाट समूहमा आबद्ध भएका बाधक र कलाकारलाई पारिश्रमिक दिने गरिएको छ । 

यस समूहले आफ्नो आम्दानीबाट केही रकम बचत गरी सामाजिक उत्थानको लागि कोष खडा गर्नुको साथै नौमती बाजाका सामग्रीसमेत खरिद गर्ने गरेको समूहकी सदस्य टिकमती पुनले बताइन । पोखरामा रहेका म्याग्देलीले मात्रै होइन म्याग्दीकै विभिन्न ठाउँमा समेत विशेष गरी मगर समुदायमा महिलाले समेत नौमती बाजा बजाउने गरेका छन् । 

म्याग्दीबाट कावासेती, चितवनलगायतका क्षेत्रमा पुगेका जनजाति समुदायले समेत महिला र पुरुष दुवैलाई समावेश गरी नौमती बाजा बजाउने गरेका छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।