शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारद्वारा विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन

सरकारद्वारा विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ।

triton college

गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा  गठित वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। 

सरकारले एक वर्षअघि गत फागुन २८ गते नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। 
 विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर थियो।

केही समयअघि विप्लव समूहले आफूहरू वार्तामा आउन चाहेको धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो। प्रतिबन्ध लगाएपछि विप्लवका विभिन्न नेताकार्यकर्ता पक्राउ पर्दै आएका छन्।

प्रकाशित: Mar 02, 2021| 07:13 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।