शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दाहाल भन्छन्– पार्टीको मान्यता र सूर्य चिह्न हामीले पाइसकेका छौं, घोषणा हुनमात्रै बाँकी छ

दाहाल भन्छन्– पार्टीको मान्यता र सूर्य चिह्न हामीले पाइसकेका छौं, घोषणा हुनमात्रै बाँकी छ

‘निर्वाचन आयोगले केही दिनमा बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिन्छ।’
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफ्नो पक्षले पाइसकेको दाबी गरेका छन्।

triton college

पेसागत संगठनबीच एकता घोषणा समारोहमा  साेमबार  राजधानीमा सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘निर्वाचन आयोगले केही दिनमा बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिन्छ।’

सर्वोच्चमा सेटिङ छ भनेर भ्रम छरिए पनि अदालतले विघटन बदर गरेको उनको भनाइ छ। दाहालले आफूहरूले नै मूल पार्टीको नेतृत्व गरिरहेकाले त्यसमा फर्कन आग्रह गरे। 

उनले भने, ‘साथीहरू फर्किर्नस्, मूल पार्टी हाम्रो नेतृत्वकै हो निद्रामा नपर्नुस्। पार्टीको मान्यता र सूर्य चिह्न हामीले पाइसकेका छौं अब घोषणा हुन मात्रै बाकी छ।’

उनले प्रधानमन्त्री केपी ओली सर्वत्र पतन नभएसम्म नछाड्ने प्रवृत्तिको व्यक्ति रहेको बताए। दाहालले भने, ‘ओजी नांगो भइसक्नुभयो। अझै कपडा लगाएकै छु भन्ने ठान्नुभएको छ।’

corrent noodles
Metro Mart

उनले आफूले सर्वोच्च अदालतको निर्णय आउँदा नै ओलीलाई राजीनामा दिन सुझाव दिएको स्पष्ट पारे। दाहालले भने, ‘केपी ओली पूरै ध्वस्त नभएसम्म सुध्रिने देखिएनन्।’

उनले अब केही दिनमै दलहरुबीच समझदारी बनेर मुलुकले निकास पाउने बताए।

दाहालले नयाँ सरकार सफल बनाउन पेसाकर्मीहरुको पनि महत्त्वपूर्ण भूमिका रहने बताए।

ठूलो लक्ष्य लिएर अगाडि बढ्दै फरकफरक धारबाट आएका पार्टीबीच एकता गरेको उनको भनाइ छ।

उनले भने, ‘देशलाई नयाँ हिसाबले अगाडि बढाउन र राजनीतिक स्थायित्वका लागि वामगठबन्धन र पार्टी एकता गरेका थियौं।’

उनले पार्टी एकताका लागि आफैंले प्रस्ताव गरेको पनि दाबी गरे। दाहालले भने, ‘त्यसलाई सबैले अनुमोदन गरे, जनताले करिब दुईतिहाइ दिएर सत्ताको नेतृत्व सुम्पिए।’ 

उनले निकै सोचविचार गरेर नै पार्टी एकीकरण गरेको स्पष्ट पारे।

दाहालले भने, ‘हामी सबै शान्तिपूर्ण प्रतिस्पर्धाबाट अगाडि बढ्ने भइसकेपछि किन अलगअलग जाने भन्दै निकै छलफल र बहस गरेर नै एकता गरेका थियौं। रातारात र हतारमा गरिएकै थिएन।’ 

उनले त्यसैअनुसार समाजवाद उन्मुख जनताको जनवाद भनेर राजनीतिक प्रतिवेदनमा हस्ताक्षर गरेको पनि बताए।

उनले भने, ‘अब कसैले फर्केर पुरानो ठाउँमा जान्छु भन्नु प्रतिगमन हो। एकतालाई नै प्रमुख ठानेर अगाडि बढ्नु अग्रगमन हो।’

ओलीले सत्ता प्राप्तिका लागि सहमति गरेको उनको भनाइ छ। दाहालले भने, ‘जबज छोड्ने र एमाले छोडेर एकता गर्ने हस्ताक्षर गर्ने ओली नै हुन्। अहिले पछाडि फर्किन खोज्ने पनि ओली नै हुन्।’

ओलीले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसद्को दुई तिहाइ बहुमतलाई लत्याएको दाहालको आरोप छ। ओलीले अझै पनि देखाइदिने कुरा गरिरहेको भन्दै दाहालले भने, ‘के गर्ने सोच होला, संकटकाल लगाउने कुरो हो कि?’

प्रकाशित: Mar 01, 2021| 10:59 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।