बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नैतिकता भए ओलीले सर्वोच्चको फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्थ्यो : रावल 

नैतिकता भए ओलीले सर्वोच्चको फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्थ्यो : रावल 

देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो’, उनले भने ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरेका छन्।

triton college

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ।

आइतबार रिपोर्टर्स क्लबमा नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको बताए। उनले भने ,‘अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भैसकेको छ। तर उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो। केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन।’

रावलले आफूहरुको मुख्य लडाइँ भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए। उनले भने, ‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो। देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो।’

उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारे। रावलले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे। उनले भने, ‘बहुमतले गरेको निर्णय मात्रै आधिकारिक हुन्छ। केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ। पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन।’ 

corrent noodles
Metro Mart

नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको ह्वीप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाए। उनले भने, ‘हिजोसम्म कारबाही नगरेको एक जना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन्, बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ। हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए।’

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल, नागरिक समाज, बुद्धिजिवी आन्दोलनमा उत्रिएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षाको लागि सडकमा आउने सबै शक्तिसँग सहकार्य गरिने पनि सुनाए। रावलले भने, ‘हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं।’ ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको आरोप छ। 

रावलले अब को प्रधानमन्त्री हुन्छ भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए। प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता सम्भव नभएको रावलको भनाइ छ।

त्यस्तै, आफ्नो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौँ भनेर नभनेको सुनाउँदै रावलले भने, ‘प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री हुन्छौँ भनेर दाबी गर्नुभएको छैन। सहमतिबाट जो पनि बन्ने भयो। संविधानको मर्यादा, लोकन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षा, नेपाली जनताको भावना परिपूर्ति गर्नुपर्छ।’

उनले एमससीसी पारित गर्ने भनेर हल्ला गरिएको पनि गुनासो पोखे। त्यस्तै, नेकपा, कांग्रेस र जसपा मिलेर भारतलाई पनि अनुकुल हुने सरकार बनाउने कुरा प्रचण्डले गर्नुभएको छ नि भनेर सोधिएको एक प्रश्नमा रावलले भने,‘सबै दलहरु मिलेर गयौं भने लोकतान्त्रिक प्रणाली पनि अगाडि बढ्छ। भारत र चीनसँग सम्बन्ध राम्रो हुन्छ भन्नुभएको हो।’

रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाए। उनले भने, ‘अहिले प्रधानमन्त्रीमाथिको प्रसँग छ। केबल प्रधानमन्त्रीजीले असंवैधानिक र अलोकतान्त्रिक काम गर्नुभयो र अदालतको यत्रो फैसला गर्दा पनि म त प्रधानमन्त्री नै रहिरहन्छु भनेर बोल्ने काम गर्नुभो। यो त उहाँले लल्कार्ने काम हो।’

सांसदहरु खरिदबिक्रि सुरु भयो अरे नि भनेर सोधिएको अर्को प्रसंगमा रावलले भने,‘देशको प्रधानमन्त्रीले, सांसद किनबेच सुरु भयो भन्नु देशको अपमान हो। लोकतन्त्रको अपमान हो। हाम्रो त दिमागमा पनि त्यस्तो आउँदैन। तर, ओलीको दिमाग नै त्यस्तो छ।’

प्रकाशित: Feb 28, 2021| 12:07 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।