शनिबार, वैशाख १५, २०८१

अपराध अनुसन्धानमा काबिल थापा, जवानबाट सईसम्म 

बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या घटनाको अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत थापा असईबाट सईमा  बढुवा भएका हुन्।
 |  बिहीबार, फागुन १३, २०७७

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, फागुन १३, २०७७

काठमाडौं– नेपाल प्रहरीको सहायक निरीक्षक (असई) मा सेवा प्रवेश गरेका जुनियर अधिकृतलाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा हुन सातदेखि आठ वर्ष पर्खिनुपर्छ। प्रहरी जवान हुँदै बढुवा हुनेले त अझ धेरै समय कुर्नुपर्छ।

triton college

तर, पदमबहादुर थापा भने असई भएको चार वर्षमै सईमा बढुवा भए। जबकि, उनी प्रहरी जवानबाट बढुवा हुँदै असई भएका थिए।  उनको यो विशेष बढुवाको कारण थियो, अपराध अनुसन्धानमा उनले गरेको उत्कृष्ट काम। 

प्रहरी नियमावली २०७१, (संशोधनसहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम कार्यकुशलताका आधारमा एक तह बढुवा गर्ने प्रावधान छ।

बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या घटनाको अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत थापा असईबाट सईमा  बढुवा भएका हुन्। उनी हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत छन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थायी घर भएका थापालाई बुधबारमात्र नेपाल प्रहरीले सईमा विशेष बढुवा गर्ने निर्णय गर्‍यो। 

corrent noodles
Metro Mart

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले उनलाई बिहीबार दज्र्यानी चिह्न लगाइदिए। 

दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माविमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको माघ २१ गते हत्या भएको थियो।

‘२४ गते डीआईजीसाबले मलाई अनुसन्धानका लागि चाहिने टिम लिएर जान निर्देशन दिनुभयो’, थापा भन्छन्, ‘त्यहाँ खटिएर सफल अनुसन्धानमा भूमिका निर्वाह गरेकाले नै संगठनले योग्य ठानेको होला।’

बैतडी घटना मात्र होइन, उनको बढुवामा यसअघिका अनुसन्धानको पनि मूल्यांकन भएको छ। 

कात्तिक १ गते धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको तस्कर समूहबाट भयो। उक्त घटनाको अनुसन्धान सफल बनाउन थापाको प्रमुख भूमिका थियो।

कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षीया खण्टी भुलको पुस ११ गते भएको हत्या घटनाका प्रतिवादी पक्राउमा पनि थापाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

यी तीन घटना अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गरेका प्रहरी जवान नरबहादुर थापा पनि हवल्दारमा बढुवा भएका छन्। 

बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा नरबहादुरको भूमिका महत्त्वपूर्ण थियो। उनले पनि बिहीबार नै दज्र्यानी चिह्न लगाए।

२०५६ सालमा प्रहरी जवानमा भर्ना भएका सई पदमबहादुर थापाले प्रहरी सेवामा २१ वर्ष बिताइसकेका छन्। नियमित बढुवा हुँदै आएको भए उनी असईसम्म हुन सक्थे। 

तर, प्रहरी संगठनमा उत्कृष्ट काम गरेकै कारण उनी विशेष बढुवा पाउँदै सई बनेका छन्। 

त्यसो त उनले हवल्दारबाट असई बन्दा पनि विशेष बढुवा पाएका थिए। नियमित बढुवामा एक प्रहरी हवल्दारबाट असई हुन कम्तीमा १२ वर्षसम्म पर्खिनुपर्छ। तर, एकपछि अर्का महत्त्वपूर्ण काम गर्दै आएका उनी आठ वर्षमै विशेष बढुवा पाएर असई हुन पाए। 

थापा २०६५ सालमा नियमित बढुवाअन्तर्गत जवानबाट हवल्दार भएका थिए। प्रहरी हवल्दार हुँदा उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले गठन गरेको विशेष टिम आरआईटीमा कार्यरत थिए। 

२०७३ मा डोटीमा एक छात्राको हत्या भएको थियो। आरआईटीमा कार्यरत रहेकै बेला थापा अनुसन्धानका लागि डोटी पुगे। 

‘केन्द्रबाट सीआईबीको टोली पनि आएको थिएन। जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा हामीले अनुसन्धान गर्‍यौं,’ उनले भने, ‘अनुसन्धान १३ दिनपछि सफल भयो।’

कैलालीको धनगढीमा अध्ययनरत ती छात्राको उनलाई पढाउने शिक्षकले गोली हानेर हत्या गरेका थिए। 

त्यसको एक वर्षअघि टीकापुरमा भएको आक्रमणमा एक नाबालक र सातजना प्रहरी मारिए। प्रहरीको हतियार लुटियो। लुटिएको हतियारको खोजी र कञ्चनपुरमै भएको हत्याको अर्का घटना अनुसन्धानमा पनि उनी खटिए। ती दुई अनुसन्धान र डोटी घटना अनुसन्धानमा सफल बनेपछि उनी २०७३ असारमा विशेष बढुवा पाएर असई बनेका थिए। 

प्रहरी जवानमा भर्ना भएका उनको ब्याचबाट थापा एक जनामात्र सई बन्न सफल भएका छन्। उनका ब्याचीमध्ये केही मात्र असईमा बढुवा भएका छन् भने बाँकी हवल्दार छन्। 

‘विशेष बढुवा नभएको भए अहिलेसम्म कि असई, नभए हवल्दार नै रहन्थें,’ थापाले भने, ‘विशेष बढुवा हुँदा अझ उत्कृष्ट काम गर्ने मनोबल बढेको छ।’ 

विशेष बढुवा मात्रै होइन उनले अपराध अनुसन्धान उत्कृष्ट काम गरेको भन्दै धेरै पटक नगद पुरस्कार पाइसकेका छन्। 

सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदी जटिल प्रकृतिका अपराधका घटनामा उत्कृष्ट र सफल अनुसन्धान गर्ने प्रहरी कर्मचारीलाई विशेष बढुवा दिने गरिएको बताउँछन्। 

‘अनुसन्धानमा महत्त्वपूर्ण भूमिका भएकाले नै उनीहरु विशेष बढुवा भएका हुन्,’ सुवेदीले भने, ‘यसले बढुवा हुने कर्मचारीमा थप हौसला बढ्छ भने अन्यलाई पनि प्रोत्साहन हुन्छ।’
 

प्रकाशित: Feb 25, 2021| 13:02 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।