शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सबै दल विधिअनुसार अगाडि बढ्नुपर्छ : पूर्वराष्ट्रपति यादव

सबै दल विधिअनुसार अगाडि बढ्नुपर्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु विधिविधानअनुसार चल्न नसकेकाले लोकतन्त्रमाथि पटकपटक प्रहार हुँदै आएको बताएका छन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

जनकपुरधाम- पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु विधिविधानअनुसार चल्न नसकेकाले लोकतन्त्रमाथि पटकपटक प्रहार हुँदै आएको बताएका छन्।

triton college

राजनीतिक पार्टीहरु आफ्नो विधानअनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगिरहेको उनले बताए। 

नेपाली राजनीतिका शिखर पुरुष एवम् गान्धीवादी नेता महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रथम राष्ट्रपति यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुद बनाउनका लागि विधिविधान अनुसार अगाडि बढ्न आग्रह गरे। जसरी निधिले एउटै विचारलाई समातेर जीवनपर्यन्त लडिरहे त्यस्तै अगाडि बढिरहे भने पक्कै पनि नेपालको लोकतन्त्र समृद्ध हुने विश्वास उनले व्यक्त गरे। 

‘लोकतन्त्रमाथि पटकपटक प्रहार हुँदै आइरहेको छ’, यादवले भने, ‘वर्तमान समयमा कुनै पनि दल पार्टी विधानअनुरुप चल्न सकेको छैन, चाहे त्यो नेपाली कांग्रेस होस् वा कम्युनिष्ट पार्टी र मधेशवादी दल नै किन नहोस्।’ उनले थपे ‘पार्टी विधिविधानअनुसार चलेन भने लोकतन्त्रको जग कमजोर हुँदै जान्छ।’

यादवले अहिले लोकतन्त्रमाथि भएको प्रहारबाट सर्वोच्च अदालतले बचाएको र यो जिम्मेवारी राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजको समेत रहेको बताए। उनले भने, ‘सर्वोच्च अदालतले गरेको निर्णयलाई हृदयदेखि सम्मान गर्छु।’
पूर्व राष्ट्रपति यादवले भने, ‘अदालतको यो निर्णयले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतामा विश्वास राख्ने सबैको जित भएको छ, अदालतले आफ्नो धर्म निस्पक्षतापूर्वक निर्वाह गरेको छ।’

corrent noodles
Metro Mart

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायवादी कदमपछि मुलुक ३ वर्षपछाडि धकेलिएको बताए। उनले मुलुकलाई ३ वर्षपछाडि धकेलिएकोले नेपाली जनताले यसको क्षतिपूर्ति गराई छोड्ने बताए।

मन्त्री सोनलले निधिको राजनीतिक जीवन सम्पूर्ण राजनीतिज्ञका लागि अनुकरणीय रहेको बताए। ‘निधि जनताको अधिकार, समानताका लागि जसरी संघर्ष गरिरहे त्यो पक्कै पनि हाम्रो लागि उदाहरणीय छ।’ मन्त्री सोनलले भने, ‘उनको सपना अझै पनि पुरा हुन नसक्नु दुःखद कुरा हो।’

‘२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा विकल्पको रुपमा महेन्द्रनारायण निधिलाई किन खोजिएन यो यक्ष प्रश्न अझै हामीसामु रहेको छ।’ मन्त्री सोनलले भने। 
 

प्रकाशित: Feb 25, 2021| 12:02 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।