शनिबार, वैशाख १५, २०८१

पोखरा प्रज्ञा प्रतिष्ठान गठन, कुलपतिमा पदमराज ढकाल 

नाम सिफारिसको लामो समयपछि पोखरा प्रज्ञा प्रतिष्ठान गठन भएको छ। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बुधबार कुलपतिसहित ७ जनालाई नियुक्त गरेका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

पोखरा- नाम सिफारिसको लामो समयपछि पोखरा प्रज्ञा प्रतिष्ठान गठन भएको छ। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बुधबार कुलपतिसहित ७ जनालाई नियुक्त गरेका छन्। 

triton college

प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भए पनि उपकुलपतिका लागि भने ठाउँ खाली राखिएको छ। सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक मनोनित भएका छन्।

प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि ११ जनाको नाम सिफारिस भएको थियो। पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए।

११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ।

समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा परेकामध्ये लोकप्रिय गायक धनबहादुर गायकको माघ १२ गते निधन भएको छ। उनका छोरा दिलीपलाई महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरेको छ। 

corrent noodles
Metro Mart

सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ। सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ। ती ८ जनाबाटै २ जनाचाहिँ कुलपति र उपकुलपति चयन हुनेछन्। तीनै ८ जनाबाट अरु २ जना परिषद् सदस्य हुनेछन्। ४ जनाचाहिँ सभा सदस्य हुन्छन्।

प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य सचिव रहने व्यवस्था भएकाले महानगर प्रमुख जिसीले कार्यपालिका सदस्य २ जनालाई पनि सदस्यका रुपमा नियुक्त गर्नेछन्। महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ।

कुलपति नियुक्त लोकगायक ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध छन्। लेखनाथ साहित्य प्रतिष्ठानका उनी पूर्वअध्यक्ष हुन्। सदस्य नियुक्त सरस्वती श्रेष्ठ सरु कवि हुन्। प्रकाश ज्ञवाली पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष हुन्। 

मिलन शेरचन चित्रकार हुन्। ललितकलाका अलाबा उनी जापानी चित्रकला हानानो ओसिनावामा पनि पारंगत छन्। जीवन दाहाल र कृष्णप्रसाद भण्डारी दोहोरी गायक हुन्। 

प्रकाशित: Feb 24, 2021| 11:45 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।