समाचार

सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोभिड बिरामीका लागि छुट्याउन निर्देशन

1601553523.jpg

काठमाडौं– कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालले कम्तीमा पचास प्रतिशत शय्या कोभिड–१९ संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ। 

मन्त्रालयले निजी प्रयोगशाला तथा अस्पतालहरुलाई पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँभन्दा बढी नलिन पनि अनुरोध गरेको छ।

साथै संक्रमितको औषधिबाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा सामान्यलाई तीन हजार पाँच सय, मध्यमलाई सात हजार र जटिल बिरामीलाई १५ हजारमा (५० प्रतिशत थपभन्दा नबढ्ने गरी) मा उपचारको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ। 

मन्त्रालयले अबका दिनमा संक्रमणको प्रभावका हिसाबले निकै चुनौतीपूर्ण हुन सक्ने भन्दै सबै नागरिकलाई सतर्क रहन अपिल गरेको छ। 

यस्ता छन् बैठकका निर्णय
१. सबै नागरिकहरुमा कोभिड १९ को संक्रमणबाट जोगिन संवेदनशील बनिदिनु हुन र जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न र गराउन भूमिका खेलिदिनुहुन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी“ भन्ने बुझेर जिम्मेवार बनिदिनुहुन।

२. स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा (काठमाडौं. ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरंङ, दांग, सुर्खेत, बारा, बागलुंग) बढी भीडभाड हुने सवै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि सबै रेष्टुरेन्ट तथा क्लवहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिंग मल, नाचघर, पार्टी प्यालेस, हेल्थ स्विमिंग आदि स्थलहरुमा सहभागि नभईदिनु हुन। तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गर्न गराउन भूमिकाहरु बढाई दिनु हुन।

३. सवै अस्पतालहरुले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्नु हुन तथा कोभिड १९ परिक्षणका लागि नमूना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न गराउनु हुन। ४. नेपालमा विभिन्न होटेलहरुमा आई बसोवास गर्नु हुने विदेशी नागरिकहरुको सम्बन्धमा गेष्ट रजिस्ट्रेशन सिस्टम चुस्त दुरुस्त बनाई काम गर्नु हुन तथा पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा बास राख्नु हुन।

५. नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालहरुमा पठाउने गरेर अनावश्यक दुःख हुने कामहरु नगराऔं नगरौं।

६. सबै सरकारी अस्पतालहरुले कम्तीमा पचास प्रतिशत वेडहरु कोभिड १९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गरौं।

७. निजी प्रयोगशाला तथा अस्पतालहरुले कोभिड १९ को परिक्षण तथा उपचारका लागि तोकिएको शुल्क (पीसीआर परिक्षणका लागि दुई हजार रुपैयामा नबढाई तथा संक्रमितहरुको औषधि बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई पैतिस सय, मध्यमलाई सात हजार र जटिललाई पन्ध हजारमा ५०४ थप भन्दा नबढ्ने गरी) मा उपचार बढी नहुने गरी व्यवस्था गर्नु हुन। 

८. बालबालिका, गर्भवति, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरुको कोभिड १९ परिक्षण तथा उपचारमा उच्च प्राथमिकता दिनु हुन। 

प्रतिक्रिया दिनुहोस्