शुक्रबार, वैशाख १४, २०८१

अब अविश्वासको प्रस्ताव ब्युँतिन्छ : वामदेव गाैतम

नेकपा उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अब अविश्वासको प्रस्ताव ब्युँतिने बताएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं – नेकपा उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अब अविश्वासको प्रस्ताव ब्युँतिने बताएका छन्। 

triton college

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसद् विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेकाले अविश्वासको प्रस्ताव ब्युँतने बताएका हुन्। 

‘पुस ५ गते बिहान अविश्वासको प्रस्ताव दर्ता गर्न लगेर पनि फर्काइयो,’ उनले भने, ‘सोही दिन दिउँसो साढे ३ बजे प्रतिनिधि सभा भंग भएको घोषणा राष्ट्रपतिबाट भएपछि पुनः अविश्वास प्रस्ताव दर्ता भयो। तर, त्यसले वैधानिकता पाउने भएन।’

तर, अब संसद् पुनर्स्थापना भइसकेकाले सो अविश्वासको प्रस्ताव ब्युँतने उनको भनाइ छ। ‘तर, अब त्यो कसरी जान्छ हेरौं,’ उनले भने, ‘संसद् भंग गर्ने निर्णयपछि भएका सबै गतिविधि असंवैधानिक हुन्।’

पुस ५ पछि नेकपा विभाजित हुने मोड पुगेको भन्दै अब राष्ट्र कसरी अगाडि बढ्ला भन्ने परिस्थिति सिर्जना भएको उनको भनाइ छ। ‘कम्युनिष्ट आन्दोलन उठ्छ कि उठ्दैन गम्भीर प्रश्न उठेको छ,’ उनले भने, ‘अब पार्टी विभाजित हुन्छ वा एकता हुन्छ भन्ने प्रश्न ज्यूँका त्यूँ छ।’

corrent noodles
Metro Mart

संवैधानिक इजलासले गरेको निर्णयले सबै खुसी भएका बेला केपी ओली र उनीसँग आवद्ध व्यक्तिहरू भने चिन्तित भएको गौतम बताउँछन्। ‘केपी ओलीसँग आवद्ध सबै साथीहरू संसद् भंगको पक्षमा हुनुहुन्थेन,’ उनी भन्छन्, ‘तर, केपी ओलीको पक्षमा लागेर असंवैधानिक कदमलाई पनि संवैधानिक हो भनेर लाग्नु भयो। अहिले उहाँहरूलाई के भन्ने भइरहेको छ।’

यस्तै उनले प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताए। 

‘केपी ओलीले अहिलेसम्म आत्मआलोचना गरेको थाहा छैन, यसपटक हेर्नुपर्ने छ,’ उनले भने, ‘यदि आत्मआलोचना गर्नु भयो भने कम्युनिष्ट हुन थाल्नुभयो भन्नुपर्छ नत्र अलि–अलि भएको पनि सक्नुभयो भन्नुपर्छ।’

नेता गौतमले अब नेकपाको एकताका लागि सक्रिय हुनुपर्ने स्थिति आएको बताए।

‘हाम्रो काँधमा गम्भीर खालको जिम्मेवारी आएको छ,’ उनले भने, ‘अब पार्टी एकताको पक्षमा माहोल बढ्दै-बढ्दै जाँदैछ, पार्टी एकता हुनुपर्छ।’ 

प्रकाशित: Feb 24, 2021| 07:30 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।