शुक्रबार, वैशाख १४, २०८१

बाबुको हत्या आरोपमा रामकृष्ण पक्राउ 

घरायसी झगडापछि बाबुको हत्या गरेको आरोपमा कास्कीका रामकृष्ण कामी परेका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

पोखरा– घरायसी झगडापछि बाबुको हत्या गरेको आरोपमा कास्कीका रामकृष्ण कामी परेका छन्।

triton college

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई हाल पोखरा ३२ को महकुना बस्दै आएका ३४ वर्षीय रामकृष्णलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

उनका बाबु ५८ वर्षीय जुमबहादुर कामीको आइतबार राति घरकै भ¥याङबाट खसेर मृत्यु भएको भन्ने खबर आएपछि प्रहरीले बुझ्ने क्रममा शंका लागेपछि अनुसन्धान थालेको थियो। इलाका प्रहरी कार्यालय डाँडाको नाकको प्रहरीचौकीबाट खटिएको टोलीले छोरा रामकृष्णलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार घरासयी झगडाका क्रममा रामकृष्णले बाबुलाई ढोकामा लगाउने आग्लो (गजबार) हानेका थिए।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रामकृष्णलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 
 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 23, 2021| 11:55 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।