बुधबार, वैशाख २६, २०८१

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैयाँ  योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैयाँ  योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । 

triton college

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणि शर्माले हस्ताक्षर गरेका छन्। 

उक्त योजनामा सहभागी करिब ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० वर्ष पुगेपछि मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा साँवा, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक रहेको छ । 

नगरपालिकाको यस कार्यक्रमलाई एन आइ सि एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको छ। पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व  अन्र्तगत कोषको तर्फबाट १–१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए।

प्रकाशित: Feb 22, 2021| 11:15 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्