शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शिक्षक किताबखानाका अधिकृत प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शिक्षक किताबखानाका अधिकृत प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृत प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन सञ्चालक न्यौपानेलाई सेवाग्राहीसँग ५२ हजार  घुसररिसवत रकम माग गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– सेवाग्राहीसँग घुस लिएको अभियोगमा राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाई, सवारीचालक सुरेशप्रसाद नेपाल र किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपानेलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

triton college

पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्‍ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट ५२ हजार रुपैयाँसहित चालक नेपाल पक्राउ परेका थिए। 
अधिकृत प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन सञ्चालक न्यौपानेलाई सेवाग्राहीसँग ५२ हजार  घुसररिसवत रकम माग गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।

यसपछि न्यौपानेले भनेअनुरुप चालक नेपालले उक्त घुस रकम लिएको तथ्य पुष्टि हुन अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

तीनै जनालाई जनही बिगोबापत ५२ हजार रुपैयाँ मागदाबी लिर्इ बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
 

प्रकाशित: Feb 17, 2021| 09:46 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।