शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देउवा, पौडेल र सिटौला गुट भेलामा व्यस्त, सुरु हुन सकेन कांग्रेस बैठक 

देउवा, पौडेल र सिटौला गुट भेलामा व्यस्त, सुरु हुन सकेन कांग्रेस बैठक 

दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन। बैठक महाधिवेशन, पार्टी समितिको म्याद थप र प्रतिनिधिसभा विघटनविरुद्ध रणनीति तय गर्न बोलाइएको हो। 

triton college

बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूहले गुट भेला गरिरहेका छन्।

पौडेलले आफ्नै कार्यकक्षमा भेला गरिरहँदा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका देउवाले आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन्।

बैठकमा पौडेल समुहले आगामी जेठभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सभापतिलाई दबाब दिने तयारी गरेको छ। 

यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश र केन्द्र स्तरमा प्रदर्शन गर्न दबाब दिने पौडेल पक्षको तयारी छ। 

corrent noodles
Metro Mart

देउवा पक्षले भने भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

सिटौला समूहले बैठकमा तीनवटा विषय छलफलका लागि उठाउने भएको छ। 

प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा पार्टीको धारणा स्पष्ट हुनुपर्ने र प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक सभा गर्न पार्टीलाई दबाब दिने सिटौला समूहको तयारी छ।

जेठ १५ बाट तल्लो तहबाट सुरु गरी भदौभित्र केन्द्रीय महाधिवेशन सक्ने कार्यतालिका ल्याउन दबाब दिने सिटौला निकट एक केन्द्रीय सदस्यले जानकारी दिए।
 

प्रकाशित: Feb 17, 2021| 09:28 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।